गोविन्द पुनमगरको ‘खाएछ कि कलेजो’ !

Read Time:2 Minute, 7 Second

रूद्र श्रीसमगर

पोखरा, असोज १४ – पछिल्लो समय निकै व्यस्त बनेका उदीयमान म्यूजिक भिडियो निर्देशक एवं संकलक गोविन्द पुनमगरले मौलिक सालैजो गीत ‘खाएछ कि कलेजो’ बजारमा ल्याएका छन् । मोडलिङबाट आफ्नो यात्रा सुरु गरेका गोविन्दले पछिल्लो समय म्यूजिक भिडियो निर्देशनमा आफूलाई स्थापित गर्न सफल भएका छन् ।

‘खाएछ कि कलेजो’ बागलुङको गलकोट भेगमा गाइने मौलिक सालैजो गीत हो । लय तथा शब्द संकलन गोविन्दको रहेको सालैजोमा गायक नवीन रानामगर र गायिकाद्वय तारा श्रीसमगर र अनु गुरुङको स्वर छ । म्यूजिक भिडियोमा मोडल करुणा पुनमगर र गोविन्द आफैंले अभिनय गरेका छन् ।

अहिलेका निकै व्यस्त छायाँकार दानबहादुर श्रीसमगरको छायाड्ढन रहेको सो म्यूजिक भिडियो टाइगर्स फिल्मस् प्रालिले बजारमा ल्याएको हो । टाइगर्स फिल्मस् प्रालिको आधिकारिक युट्युब च्यानलमार्फत् पनि तीन दिन अघि म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गोविन्दले यसअघि नै ‘मेरो पाण्डवखानी’ बोलको पर्यटन गीत बजारमा ल्याइसकेका छन् भने ‘सती घाँटु’ वृत्तचित्रको निर्माण तथा निर्देशन गरिसकेका छन् । गायक नवीन रानामगरको सालैजो गीत ‘नौतुना रेल’बाट मोडलिङ थालेका गोविन्दले गायिका तारा श्रीसमगरको कौह्रा गीत ‘खैंजडी बजाउँदै’मा पनि मोडलिङ गरेका छन् ।

पर्यटन व्यवसायी रहेका गोविन्द गीत संगीत क्षेत्रमा पनि उत्तिकै जम्ने संकेत देखाइसकेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %