बिजय कुमार मगर
दोहा कतार २६ सेप्टेम्बर नेपाल मगर संघ, शाखाले भाषा, लिपि, साहित्य अध्ययन तथा अनुसन्धान विभागका उपसंयोजक अभिमत पुन मगरको संयोजकत्वमा दोहाको नज्मा स्थित अमवज रेस्टुरेण्टको सभाकक्षमा संघले भिम तरामु मगरको प्रमुख अतिथ्यमा तेस्रौ मातृ भाषा तथा लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
प्रवासमा रहेर पनि लोप हुन लागेको आफ्नो मातृभाषा तथा लिपिको संघले समय-समयमा प्रशिक्षण गराउँदै आईरहेको छ प्रशिक्षणको उद्धेश्य र महत्त्वको बारेमा संघका कोषाध्यक्ष केशव राना मगरले सहभागी सबैलाई स्वागत गरेका थिए ।
उपसंयोजक अभिमत पुन मगरले खाम भाषाको वारेमा प्रशिक्षण दिँदै विविध विषयमा जानकारी गराएका थिए ।
प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै भने, वास्तवमा पुर्व मेची देखि पश्चिम महाकाली सम्म यत्रतत्र छरिएर रहेता पनि हामी आदिमकाल देखि हाम्रा पुर्खाले प्रयोगमा ल्याएका मातृभाषा मगर (ढुट) र मगर खाम (पाङ) भाषा क्षेत्रगत अनुसार फरक-फरक सभ्यताले विकसित रहेता पनि मगरहरुको अख्खा लिपि एउटै भएको प्रशिक्षार्थीहरूलाई प्रशिक्षण गराउँदै मगर ढुटका प्रशिक्षक समेत रहेका प्रमुख अतिथि तरामु मगरले जानकारी गराएका थिए ।
ब्यानरलाई संघका सचिव रबिन थापा मगरले सह्योग गरेका थिए । नेपाल प्रवासी आदिवासीजनजाति महासंघका द्धितिय उपाध्यक्ष समेत रहेका संघका द्धितिय उपाध्यक्ष लिलम्बर चिदी मगरले प्रशिक्षणमा आवश्यक पर्ने स्टेशनरीका जिन्सी सामाग्रीहरू हरेक पटक हुने प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीका लागि उपलब्ध गराउँदै आईरहेका छन्
विभिन्न एरिया समितिका पदाघिकारी लगायत अन्य प्रशिक्षार्थीहरूले उल्लेखनीय सहभागिता जनाएका उक्त मातृभाषा तथा लिपि प्रशिक्षणमा संघका अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रम महासचिव बिजय कुमार मगरको संचालनमा संपन्न गरेको छ ।