राज्यसत्ता,
मगर अध्यान केन्द्रले शोधमाला बर्ष ७, अंक – १, २०७० सालमा प्रकाशित गरेको “दसैं नेपाली चाड कि हिन्दु चाड” ? डा. मीन श्रीस मगर द्वारा लिखित यो लेख बहसको लागी याहाँ पोस्ट गरिएको छ ।
विगत केही दसकदेखि यही प्रश्नले नेपाली समाजमा अनावश्यक खालको वहस सिर्जना गरिदिएको छ । युगौंयुगदेखि सबै नेपालीले आफ्ना मौलिक चाडका रुपमा मनाउँदै आएका दसैं लगायतका राष्ट्रिय महत्वका चाडवाडहरुलाई धर्म, जाति र क्षेत्रका आधारमा साँघु¥याउने चेष्टा भइरहँदा नेपाली संस्कृतिको महत्ता र गौरवमा के कति क्षति पुगिरहेको छ भन्ने हेक्का सायद कमैले राखेका होलान् ।
एउटै गाउँ, एकै जिल्ला वा एकै भेकमा बसोबास गर्ने भए पनि यो फलाना जातिको चाड र त्यो ढिस्काना जाति वा धार्मिक समुदायको चाड भनेर एकआपसमा भागबण्डा गर्दा वा होच्याउँदा हाम्रै नेपाली दाजुभाइ, हाम्रै नेपाली समाज र हाम्रै नेपाली चाडवाड वा संस्कृतिको अपमान भइरहेको यथार्थलाई कहिले बुझ्ने ? धर्म र जातीयताको सापेक्षतामा आफ्नै मौलिक संस्कृतिको अपव्याख्या गर्ने तथा सतही अध्ययनबाट बतासे निश्कर्ष निकालेर रमाउने अल्लारे प्रवृत्तिले पहिचानको मुद्दालाई माथि उठाउँदछ कि झन तल झार्दछ ? गम्भीर भएर सोच्नु आवश्यक छ ।
वि. सं. २०४६ पछिको राजनैतिक अस्थिरता एवं संक्रमणको वातावरणले नेपाली समाजमा राजनैतिक विश्लेषक, इतिहासविद्, संस्कृतिविद्, सामाजशास्त्री, मानवशास्त्री, भूगोलविद्, योजनाविद् आदि विज्ञहरुको सट्टा कोरा कल्पनामा रमाउने तथा क्षणिक आवेस र भावनामा बग्ने दलगत नेताहरुको प्रभाव व्याप्त भएको देखिन्छ । गहन अध्ययन अनुसन्धानबाट यथार्थतालाई पहिल्याउने भन्दा पनि सतही विश्लेषण र भींडको निर्णयबाट निश्कर्ष निकाल्ने प्रवृत्तिले कालान्तरमा नेपाली संस्कृतिमा गम्भीर आघात पुग्न जाने निश्चि छ ।
पढ्न यो लिङकलार्इ थिच्नुहोस:दसैं हिन्दु चाड भित्री भागमा खोजेर पढ्नुहोस ।
(मगर अध्ययन केन्द्रको जर्नल बाट)