जिवनकी आमा भन्छिन् बुहारी , नातिको झल्को लागेको छ
देब पचभैया
काठमाण्डौ, असोज ८
भिसा अवधी सकिएको भन्दै फिलिपिन्स फर्काइएकी जोया र उनका दुई सन्तान नेपाल फर्काउन अफगानिस्तानमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । अफगानिस्तान कावुलमा रहनुभएका हिमाल पुलामी मगरको नेतृत्वमा संकलित ३ लाख ५ हजार नेपाली र १२ सय ५० भारु जिवनकी आमा पूर्णमायालाई प्रदान गरिएको हो । काठमाण्डौ , जावलाखेलको एलिनास बेकरिजमा बिशेष कार्यक्रमको आयोजना गरि आफगानिस्तान बाट प्राप्त रकम सरिता पुलामी मगरले नेपाल मगर भूपू सैनिक प्रहरी संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापा (पचभैया), जिवनका जेठा बैनीज्वाई बिमल थापाको उपश्थितिमा सो रकम प्रदान गर्नुभयो ।
सहयोग लिएपछि जिवनकी आमा पूर्णमायाले बित्थामा आरोप लगाएर फिलिपिन्स फकाईएकी बुहारी र दुई सन्तानलाई नेपाल फर्काउन सबैसंग आग्रह गर्नुभयो ।
नियम कानुनको जानकारी नभएको र पैसाको अभाबमा बुहारी जोयाको भिषा थप गर्न नसकेको भन्दै उहाले सञ्चार माध्ययममा आए जस्तो आफुहरुले जोया र बच्चाहरुलाई कहिल्यै नराम्रो ब्यवहार नगरेको बताउनुभयो । बुहारी जोया र दुई बच्चालाई नेपाल फर्काउन सहयोग गर्न उहाले सबै संग अपिल पनि गर्नुभएको छ ।
जिवन थापा संग बिहे गरेर चार बर्ष अघि चितवन आएकी फिलिपिनि नागरिक जोया लाई (जिवनका ) दुई सन्तान सहित चितवन स्थित आर्दश गृहको योजनामा स्वदेश (माईती ) फर्काईएको थियो । जोया पर्यटक भिषामा जिवन संग नेपाल आएकी थिईन् । सोही बेला उनीहरुले नेपाली परम्परा अनुसार बिहे गरेका थिए । जोया र जिवनको भेट दुबैमा भएको थियो । उनीहरु दुवै एउटै कम्पनीमा कार्यरत थिए ।
जिवनका आमा पुर्णमायाका अनुसार जोया र बच्चा भेट्न जिवन अहिले फिलिपिन्स पुगेका छन् । मामा कामे मगर संग एक हप्ता अघि जिवन फिलिपिन्स पुगेका हुन् । उनीहरुलाई नेपाल फर्काउन आवश्यक कागजी प्रकृया पुरा गरेर जीवन र कामे नेपाल फर्किने वताईएको छ ।
के भन्छिन् जिवनकी आमा पूर्णमाया ?
नेपाल मगर भूपू सैनिक प्रहरी संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापा (पचभैया) ले गर्नुभएको कुराकानी ।
{youtube}https://youtu.be/lVxBpKVKy0g{/youtube}