को बन्ला पाँचौं मिस तमुस्यो नेपाल ?

Read Time:3 Minute, 11 Second

रूद्र श्रीसमगर

पोखरा, ७ असोज

नेपाल तमु विद्यार्थी छोंज धिं कास्कीले हरेक वर्ष आयोजना गर्दै आएको पाँचौं संस्करणको मिस तमुस्यो नेपाल–२०७३ को ग्राण्ड फिनाले शनिबार पोखरा सभागृहमा हुँदैछ ।

‘मिस तमुस्योको शान, मौलिक संस्कृतिको पहिचान’ भन्ने मूल नाराका साथ हुन लागेको ग्राण्ड फिनालेका लागि देशभरबाट छनौट भइ १९ जना तमु युवतीले एक महिनासम्म विभिन्न विषयमा प्रशिक्षण लिएका थिए । भदौ ४ गतेदेखि प्रशिक्षणरत तमु युवतीहरूले उद्घोषकला, व्यक्तित्व विकास, तमु भाषा, संस्कार, संस्कृति, आईएलओ १६९, संघीयता, महिला अधिकारी, जलवायु परिवर्तन, पत्रकारिता, अभिनय, सौन्दर्यकला, क्याट वाकलगायतका विषयमा प्रशिक्षण लिएको मिस तमुस्यो नेपालका सल्लाहकार लाल बहादुर तमुले जानकारी दिए ।

मिस तमुस्यो नेपालको ताज पहिरिनका लागि झापाकी पेमा, गोरखाकी सब्बु, चितवनकी सुमान, कास्कीकी स्यारोन, प्रिती, लमजुङकी मेनुका, चितवनकी सुमी, स्याङ्जाकी उमा, कास्कीकी सुस्मिता, इच्छा, पर्वतकी सिम्रन, कास्कीकी सुयसा, तुलसी, अनुषा, स्याङ्जाकी निशा, चितवनकी तिर्सना, कास्कीकी सुस्मिता, लमजुङकी सम्झना र बबिता तमुस्यो प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । कास्कीको धम्पुसमा तस्वीर खिचाएका प्रतियोगी तमु युवतीहरूले लमजुङको पर्यटकीय गाउँ पसगाउँको भ्रमण समेत सम्पन्न गरेका थिए ।

पाँचौं मिस तमुस्यो नेपालको बिजेताले ५० हजार नगद, एक साताको हङकङ भ्रमण प्याकेज, १२ तोलाको चाँदीको क्राउन पाउनेछन् भने उपबिजेताले ३० हजार नगद, क्राउन र सेकेण्ड रनर अपले २० हजार नगद र क्राउन पाउनेछन् । जस अन्तर्गत प्रथम पुरस्कार धौलागिरि होटल धम्पुस, फष्ट रनर अप हरि तमु हङकङ र सेकेण्ड रनर अपको उपाधि पुरस्कार पोखरा फाइनान्सले गरेका छन् भने एक साताको हङकङ यात्राको प्रायोजन दुर्गा तमु ‘मिलन’, हरि तमु, तिलक तमु र युवराज तमुले गरेको सल्लाहकार तमुले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न १५ लाख खर्च हुने र १७ लाख आम्दानी हुने अनुमान गरिएको आयोजक संस्था नेपाल तमु विद्यार्थी छोंज धिं कास्कीका अध्यक्ष धनु तमुले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %