शोभा आले मगर
काठमाण्डौ,
हो म यस्तो देशमा छु, जहा रातदिन सयौं चेलीहरु रेटिन्छन ।
चोक चोकमा गल्ली गल्लीमा, बमका पोकाहरु भेटिन्छन् ।
देशद्रोही र भ्रष्टचारी चोर डांकाको लहरमा,
राम्रा भनौदाहरु अचेल बालुवाको अक्षरसरी मेटिन्छन् ।
तिमी पो छौ ऐस आराममा, जाउ हेर गाउ बस्तीहरु
छाक टार्ने बाहनामा सयौं, चेलीहरु बिदेशीतिर लखेटिन्छन् ।
मुखले ठिक्क पार्छन सरकार, सबैलाई सम्मान गर्छौ,
जागिर होस् या छात्रवृत्ति, ठुलाबडा समेटिन्छन् ।
चोक चोकमा गल्ली गल्लीमा, बमका पोकाहरु भेटिन्छन् ।
हो म यस्तो देशमा छु, जहा रातदिन सयौं चेलीहरु रेटिन्छन ।