कृष्ण सारू मगर
कतार, सेप्टेम्बर २० – नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको दोहा एरिया समितिका सल्लाहकार सदस्य पत्र सं नं. २११/३३५० A,, बाहक स्थाई घर रूम ९ म्याग्दीका चन्द्र प्रसाद पुन मगर दोहाको वकिर स्थित All Sabbah Trading & Contracting कम्पनीमा कार्यरत गत ६ जुलाईका दिन हृदयघातका कारण सुतेको अवस्थामा ५१ वर्षको उमेरमै निधन भएका थिए ।
“जहाँ मगर त्यहाँ मगर संघ” भन्ने उद्धेश्यका साथ सन २००० मा स्थापित शाखाले नेपाल मगर संघ केन्द्रीय समिति प्रधान कार्यलय कलंकी स्थित महासचिव ज्ञानेन्द्र पुन मगर, मगर महिला संघकी अध्यक्ष समेत रहेकी उपाध्यक्ष गंगा खासु मगर, कोषाध्यक्ष कमला थापा मगर, नेमसं शाखा कतारका भुतपुर्व अध्यक्ष समेत रहेका गल्फ संयोजक छत्र घले मगरले केन्द्रीय समितिका अध्यक्ष नबिन रोका मगरको सह्योगमा स्व.चन्द्र प्रसाद पुन मगरका धर्मपत्नी चैती पुन मगरलाई नेरु. पचास हजार हस्तान्तरण गरेको हो ।
यसै गरि साभुङ्ग भगवतीपुर गाविसको सिफारिस तथा नेपाल मगर संघ तनहुँ जिल्ला कार्यसमितिको च.नं. ७/ पत्र सं नं २०७२/०७३ले जारी गरिएको परिपत्र बमोजिम काठमाडौंको चाबहिल स्थित ओम अस्पतालका प्याथोलोजिष्ट डा. सनत चालिसेको सफल सल्यक्रिया भै उपचारत रहेका भगवतीपुर ६ साभुङका देउ ब. थापा मगरलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दै “मगर एकता अहिलेको आवश्यकता” भन्ने महत्वकाँक्षा साथ नेरु. बीस हजार संघका भुतपुर्व अध्यक्ष छत्र घले मगरले अस्पतालमै पुगेर आर्थिक सह्ययोग प्रदान गरेका हुन् ।