कतारमा भेटघाट तथा परिचात्मक कार्यक्रम सम्पन्न !

Read Time:2 Minute, 6 Second

कृष्ण सारू मगर

कतार,  सेप्टेम्बर २० – नेपाल आदिवासी जनजाति चलचित्र महासंघका उपाध्यक्ष बिकु थोकर तामाङको प्रमुख अतिथिमा दोहाको वेलकम रेष्टुरेन्टको सभा हलमा नेपाल प्रवासी आदिवासीजनजाति महासंघले भेटघाट तथा परिचात्मक कार्यक्रम गरेको छ ।

संघका सल्लहाकार सुक बहादुर तामाङ् बिशेष अतिथी रहेका थिए भने, द्धितिय उपाध्यक्ष लिलम चिदी मगर, भाईकाजी गुरुङ, तेज मोक्तान तामाङ् परिषद सदस्य शंख लाल तामाङ, जिबी तामाङ विभिन्न विभागीय सचिव लगायत विभिन्न मातृ  सस्थाका प्रमुख तथा प्रतिनिधि एवं शुभेच्छुकहरूले उत्सुकताका साथ सहभागिता जनाएका थिए ।

साँस्कृतिक कार्यक्रम “डम्फु साँझ” लाई भब्यताका साथ सम्पन्न बनाउनका लागि नेपाल आदिवासी जनजाति चलचित्र निर्माता तथा खलनायक एवं नेफिन चलचित्र महासंघका नव निर्वाचित उपाध्यक्ष समेत रहेका बिकु थोकर तामाङ सहित, चर्चित गायक रोज मोक्त्तान तामाङ, महेन्द्र मायाका चर्चित गायिका टिकामाया चोथेन तामाङ र मोडेल तथा नायिका निशा लामा तामाङ राष्ट्रिय कलाकारहरू नेपाल प्रवासी तामाङ समाजको निमन्त्रणामा उनिहरू नेपाल देखि आएका थिए ।

महासंघका अध्यक्ष सिया राम चौधरीको अध्यक्षतामा भएको भेटघाट तथा परिचात्मक कार्यक्रम महासचिव पुरुषोत्तम सुनुवारको संचालनमा सम्पन्न गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %