यूएइमा फोनिज गठन हुने

Read Time:5 Minute, 5 Second

मुम्चे रार्इ/यूएइ-२८ भाद्र, आदिवासी जनजाति महा सङ्घ यूएइको आयोजनामा यूएइको दुबाइ शहर स्थित याक यण्ड यती नेपाली भोजनालयमा दिनाङ्क-१३-०९-०१६ का दिन ‘सञ्चार माध्यममा आदिवासी जनजातिहरूको भूमिका’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

News-24 का ब्यूरो प्रमुख तथा Federation Of Nepalese Indigenous Journalists (FONIJ) चितवनका अध्यक्ष सन्त कुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा नेपाली पत्रकार महा सङ्घ यूएइका अध्यक्ष त्रिलोचन कोइरालाको पनि सहभागिता रहेको थियो । आदिवासी जनजाति महा सङ्घ यूएइका अध्यक्ष डेर राज लम तमुको अध्यक्षता तथा शुत्रमणी रार्इद्दारा सञ्चालित यस कार्यक्रममा विजय लक्ष्मी रार्इद्दारा सहभागिहरूलार्इ स्वागत मन्तव्य राखिए लगतै कार्यक्रमको आयोजना गर्नु को औचित्य सम्बन्धमा- ‘आदिवासी जनजाति समुदायका यूवाहरूलार्इ पनि पत्रकारिता क्षेत्रमा उत्साह पूर्ण सहभागिता गराउने वातावरणको सृजना गर्नु नै कार्यक्रमको उद्देश्य रहेको’ भन्ने आफ्नो विचार राख्दै खुल्ला गरिएको सभामा विभिन्न क्षेत्रबाट पाल्नु भएका सहभागीहरूले प्रश्नहरू दुवै पत्रकारहरूमा राखेका थिए । जुन क्रममा- आदिवासी जनजातिहरू सङ्ग सरोकारका समाचारहरू किन सञ्चार माध्यममा प्राथमिकताका विषय बन्दैन भन्ने प्रश्नको जबाफमा राज्यको वि भेदकारी नीतिकै कारण यो समस्या देखिएको, त्यसकै विकल्पमा आदिवासी जनजाति पत्रकारहरूको पहलमा आदिवासी जनजाति पत्रकार महा सङ्घ (फोनिज) गठन गरि पत्रकारिता क्षेत्रमा नय आयाम थपिएको कुरा सन्त कुमार चौधरीले प्रस्ट पार्नु भयो ।

नेपाली सञ्चार माध्यमा आदिवासी युवाहरूको आवश्यकता र महत्वा अपरिहार्य रहेको हुनाले यूएइमा पनि फोनिज गठन गर्न उहाँ को सुझाव रह्यो । सवाल जबाफकै क्रममा सोधिएका विभिन्न प्रश्नहरूको जबाफ दिने क्रममा नेपाल पत्रकार महा सङ्घ यूएइका अध्यक्ष त्रिलोचन कोइरालाले यूएइको हकमा समाचार सम्प्रेशन कुनै पूर्वाग्रही तरिकाले नगरिएको जिकिर राख्दै फोनिज यूएइ गठन गरिएमा सक्दो सहयोग गर्ने बचन बद्धता जाहेर गर्नु भयो । यूएइमा फोनिज गठन गरिएमा यस कार्यले नेपाल पत्रकार महा सङ्घ यूएइलार्इ पनि काम गर्नमा अरू सहज र सरल हुने बताउनु भयो । आदिवासी जनजाति महा सङ्घ यूएइको पहलमा तत्काल एघारै जातीय संस्थाहरू बाट कम्तीमा दुइ जना प्रतिनिधि रहने गरी फोनिज गठन गर्ने र लगतै अनलार्इ खबर पत्रिका निर्माण गरि फोनिज यूएइको गतिविधि अगाडी बढाउने घोषणा सभा अध्यक्ष डेर राज लम तमुबाट सभा विसर्जन सङ्गै भयो ।

शेर्पा किदुक यूएइका अध्यक्ष- पासाङ् रिन्जे शेर्पा, तामाङ समाज यूएइका अध्यक्ष- महेश मोक्तान, प्रवासी थारू समाज युएइका अध्यक्ष- किशोर चौधरी, प्रवासी माझी समाज युएइका अध्यक्ष- दिनेश माझी, प्रवासी भुजेल समाज सेवा समिति यूएइका प्रतिनिधि- तुल बहादुर घर्ती, तमु समाज यूएइका प्रतिनिधि- उर्मिला गुरूङ, मगर समाज यूएइका- उपाध्यक्ष रेस्शमसोमाइ र किरात रार्इ यायोक्खा शाखा यूएइका- सदस्य विजय लक्ष्मी रार्इ बाट यस कार्य सम्पादन गर्नमा ऐक्यवद्दता कायम रह्यो ।

यसै अवसरमा बोल्दै थारू कल्याण कारी अन्तराष्ट्रिय समितिका सदस्य तथा मध्य पूर्वी एसिया इन चार्ज नेत्र थनेत ले पनि FONIJ यूएइ गठन गर्ने प्रक्रियामा साथै फोनिज गठन पश्चात् यूएइ फोनिजको मातहतमा निर्माण गरिने अनलार्इन खबर पत्रिकाको लागि लाग्ने तमाम खर्चहरू आफूले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

हेमिङ चाम्लिङ 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %