नेफिन बेल्जियमद्वारा शोक सभाको आयोजना

Read Time:3 Minute, 22 Second

अध्यक्ष शेर्पाले खपााँगी फाउन्डेसनलाई ५१ हजार पाँच सय दिने घोषणा
कृष्ण सारू मगर
बेल्जियम १४ सेप्टेम्बर भुपु मन्त्री, आदिवासी जनजातीका महान नेता तथा नेपाल मगर संघ केन्द्रीय समितिका भुतपुर्व अध्यक्ष स्व. गोरे बहादुर खपांगी मगरको लुभेन स्थित ओन्स हाउसमा विश्व मगर संघ बेल्जियमले संघका अध्यक्ष मार्के मगरको अध्यक्षतामा शोक सभा मनाएको छ ।

श्रध्दान्जली शोक सभामा आदिबासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष पेम्बा ग्याल्बो शेर्पा, गैर आवासीय नेपाली संघका अध्यक्ष गंगाधर गौतम, उपाध्यक्ष पदम गुरूङ, NRNA ICC का सदस्य समेत रहेका नेफेसो अध्यक्ष नेत्र मगर, तामाङ समाजका अध्यक्ष राम लामा, जन प्रगतिशील महिला मन्चकी पूर्व अध्यक्ष कल्पना मगर, NRNAका भुपू उपाध्यक्ष अनिता लामा, पूर्व महासचिव माधव सापकोटा, ठकुरी समाजका सल्लाहाकार घन ब. शाही, मगर राष्ट्रिय मुक्ति मोर्चा यूरोप संयोजक वीरमान घर्ती मगर, पत्रकार महासंघ यूरोप सदस्य बिष्णु सापकोटा, पत्रकार महासंघ यूरोप अध्यक्ष केजीन राई, नेफेसोका महासचिव लोक राना मगर, संघका जेष्ठ सदस्य राम कुमार बुढा मगर, अन्य बुद्धिजीवी, समाजसेवी विशिष्ट ब्याक्तित्वहरूको उल्लेखनिय उपस्थिति रहेका सहभागिले एक मिनेट मौन धारण पश्चात् स्व. खपाँगीको तस्वीरमा क्रमशः पुष्पाञ्जली अर्पण गरी शोक सभा मनाएको थियो ।

संघका सचिव दिल पुन मगरको संचालनमा संपन्न भएको श्रद्धाञ्जली शोक सभालाई संबोधन गर्दै ससफोका वैकल्पिक केन्द्रीय सदस्य समेत रहनुभएका आदिबासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष शेर्पाले गोरे बहादुर खपाँगीको भौतिक शरीर मात्रै अन्त्यस्ती भएको हो । तर, उहाँको प्रगतिशील महान विचार कहिल्यै नमर्ने जिकिर गर्दै, भने उहाँको सिद्धान्त, र उद्धेश्य पूरा गर्न सम्पुर्ण राज्यले उपेक्षित परिएका वर्ग र समुदाय एकजुट हुन आग्रह गर्दै, अब हाम्रो काँधमा ठूलो जिम्मेवारी थपिएको छ । यही, खपाँगी फौण्डेशनको माध्यम द्वारा उहाँको प्रगतिशील महान बिचारको आत्मासाथ गरि अगाडि बढ्नका लागि थप प्रोत्साहन मिल्ने बताउँदै खपाँगी फाउन्डेसन लाई नेरू ५१ हजार ५ सय सह्योग गर्ने प्रतिवद्धता जनाउँदै घोषणा गरेका हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %