भिम विश्वकर्मा
युएई, सेप्टेम्बर १३ – रोजगारीको शिलशिलामा भिजिट भिषामा युएई आई गत अगष्ट २६ युएईको राजधानी आबुधाबीको मुसफा आइकाटमा हृदयघातवाट मृत्यु भएका, रुपन्देही देवदह नगरपालिका ढिकार ६ बस्ने सोर्गिय रेशम सुनारका २४ वर्षिय छोरा दिपेश सुनारको सव, पाल्पा बौघा पोखराथोक गाविस ५ वस्ने केवल सिंह विश्वकर्माको छोरा, युएई आबुधाबी पुलिसमा कार्यरत वरिष्ठ समाजसेवी छविलाल विश्वकर्माको विशेष पहलमा गत ६ सेप्टेम्बरमा नेपाल पठाइएको छ।
दलित सन्जाल एकाताकेन्द्र युएई आबुधाबी क्षत्रीय समतिका सह-कोषाध्यक्ष चुडामणिा विश्वकर्माको विशेष सहयोगमा र विश्वकर्मा समाज नेपाल युएई साथै दलित संजाल एकता केन्द्र, युएई समेतको परामर्श र राहत संकलनमा सहयोग लिएर वरिष्ठ समाजसेवी विश्वकर्माले उक्त दिपेश सुनारको सव नेपाल पठाएका हुन् ।
साथै मृतक दिपेश सुनारको सव नेपाल पठाउन, मृतकका काका धन बहादुर गहतराज समेतलाई साथमालिई, सव रहेको खालिदिया हस्पिटल,मुसफा पुलिस स्टेसन,फोरेन्सिस मेडिसिन डिभिजन, फोरेन्सिस जस्टिकल कोट, आबुधाबी हाईकोट, नेपाली राजदुतवास समेतको अफिसियल कागजात समेत स्वयम् आफै वरिष्ठ समाजसेवी विशकर्माले प्रवन्ध मिलाएको दावी गर्दै, सव नेपाल पठाएको जानाकारी गराए।