एक्काइसौं शताब्दीको आवस्यकता सीप र ज्ञान

Read Time:4 Minute, 4 Second

राज्यसत्ता

युएईको माटो सुहाउँदो पाल्पालीको अभियान, भन्ने लक्षका साथ स्थापित पाल्पाली समाज युएईले समाजका अध्यक्ष खुम आले मगरको सभापतित्वमा गएको ८ सेप्टेम्बर बिहीबारका दिन हिमालयन नेपाली रेष्टुरेण्टमा गृह जिल्लावासी गायक नविन पौडेललाई सम्मान गरेको छ ।

लुम्बिनी वेलफेरका अध्यक्ष गीतामणि पाण्डे प्रमुख अथिति र नविन पौडेल विशेष अतिथि रहेको भेटघाट तथा सम्मान कार्यक्रममा समाजसेवी लाल बहादुर ढेंगा मगर, रमेश सापकोटा, भूपराज बश्याल, चिरन न्यौपाने, कैलाश अर्याल, धनु छेत्री, प्रवक्ता युब राज भट्टराई, खुम प्रसाद न्यौपाने, राजेश गैरे, विष्णु अधिकारी, कालिका अधिकारी, शिव न्यौपाने, जीवन न्यौपाने, राम प्रसाद गैरे, कृष्ण प्रसाद गैरे, कृष्ण बहादुर थापा गायक भिम रजाली मगर, नेपाल देखी आएका पत्रकार मनोज कुमार र पत्रकार महासंघ युएईका लक्ष्मण खनाल लगायत विशिष्ट ब्याक्तित्वहरूलाई अतिथि ग्रहण गराएको थियो ।

दर्लमडाडा १ पाल्पामा जन्मेका राष्ट्रिय लोक तथा दोहोरी गायक पौडेल विशेष तीज महोत्सव कार्यक्रमका लागि गैर आवासीय नेपाली संघ र अन्तराष्ट्रिय नेपाली कलाकार समाजको आमन्त्रणमा आएका हुन ।

गृह जिल्ला पाल्पाको पहिचान राख्नुका साथै आफ्नो स्वतन्त्र कला प्रतिभाले नेपाली मौलिक कला र संस्कृतिलाई संरक्षण संवर्द्धन तथा प्रवर्द्धनका थप प्रोत्साहन मिलोस् भन्ने अभिप्रायले गायक पौडेललाई समाजले विशेष कार्यक्रम आयोजना गरि सम्मान गरेको गरेको हो ।

महासचिव बेद प्रसाद अर्यालको सन्चालनमा सम्पन्न भएको कार्यक्रमलाई सम्वोधन गर्दै विशेष अतिथि पौडेलले बैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका पाल्पालीहरुको सामुदायिक कार्यका लागि गोलबन्द रहनु भएका पाल्पालीहरुको छाता संगठन पाल्पाली समाज युएइको सम्मान र मायाको चिनोले आफुलाई थप प्रोत्साहित गरेकोमा समाजका सम्पुर्ण परिवारलाई विशेष आभार व्यक्त गर्दै समाज प्रति ऋणि रहेको बताएका उनले थप्दै भने, एक्काइसौं शताब्दीको आवस्यकता सीप र ज्ञान,
युएईको माटो सुहाउँदो पाल्पालीको अभियान भन्ने लक्षका साथ समाजले आफ्नो गृह जिल्लाको विभिन्न ६० गाविसमा गरिव तथा जेहेन्दार विधार्थीको लागि अक्षयकोष स्थापनार्थका लागि चलाएको अभियाले सबै पाल्पावासीमा गर्वले छाती फुलेको बताए ।

अन्य देशमा स्थापित पाल्पाली समाजको पनि साथ, सह्योग भएको खण्डमा आजका युवा भविष्य देशका कर्णधार त हुने नै छन् । हाम्रो गृह जिल्ला पाल्पा विधार्थीहरू विज्ञान र प्रविधिको सुचिमा आउने छ । भन्दै सफलताको शुभकामना दिँदै उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %