कतारमा रहेका नेपालीले संयुक्त संघीय मंचको गठन गर्यो !

Read Time:6 Minute, 48 Second

कृष्ण सारू मगर

कतार, सेप्टेम्बर १२ – राष्ट्रिय जनमुक्ति मंच, नेपाली संघीय समाज र संघीय लिम्बुवान सामाजिक मंच कतारले ” पहिचान सहितको संघीयता, समानुपातिक, समाबेशी हाम्रो अडान !

प्रतिगामी संविधान संशोधन गर्ने हाम्रो अभियान !!” भन्ने मुल नाराका साथ चन्द्रसेर राईको संयोजकत्वमा भएको संयुक्त गठबन्धनले ९ सेप्टेम्बर सुक्रबारका दिन ग्रीन रेष्टुरेन्टको सभाहलमा २९ दलिय संयुक्त मोर्चालाई प्रतक्ष वा अप्रत्यक्ष सहयोग पुर्‍याउने लक्षका साथ विविध विषयमा प्रशिक्षण दिँदै बृहत कार्यक्रम गरी “संयुक्त संघीय मंच” गठन गरेको छ ।

सह-संयोजक राज खम्बु खालिङ राईको स्वागततथा डम्बर लिबाङको संचालनमा सम्पन्न भएको प्रशिक्षणका कार्यक्रममा नरेन्द्र कुमार एभेङ लिम्बु प्रमोद श्रेष्ठ संघीयता, मन थापा मगरले रामकिरण तामाङले गठबन्धनको औचित्य, पहिचान र सामथ्र्य एवं विविध विषयका बारेमा जानकारी गराउँदै प्रशिक्षण दिएका थिए । डिएन मगरले अन्तराष्ट्रिय ILO १६९ र संयुक्त राष्ट्र संघको मानव अधिकार ऐनमा उल्लेखित घोषणापत्रमा सुचिकृत आदिवासी जनजातिहरुको वारेमा प्रष्टाएका थिए ।

गएको ३ असौज २०७२मा जारी संविधान विभेदपुर्ण भएको हुँदा हामीले कुनै हालतमा स्विकार नहुने जिकिर गर्दै, सिमित जाति र समुदायको पक्षमा रहेको आरोप लगाए । भने, नेपाली भुमीपुत्र आदिवासीजनजाति, लगायत विभिन्न उपेक्षित वर्ग र समुदायहरूको न्याय, पहिचान, हक अधिकार लगायत विविध विषयमा तिलविक्रम थेवेले प्रशिक्षण दिएका थिए ।

सो कार्यक्रममा हिराधन राईले पहिचान सहितको संघीयता प्राप्तिका लागि सडक र सदन दुवै आन्दोलन जारी रहेको बताउदै सिहदरवारले यसरी नै एकलौटी ढंगबाट निरंकुशता हावी भएमा वा पहिचानवादी समुदायलाई पाखा लगाउन कु-चेश्ता गरे राष्ट्रले ठूलो क्षति बेहोर्नुका साथै, त्यसको मुल्य चुकाउनु पर्ने चुनौती दिए ।

पुरूष प्रदान देशमा राज्यको मुल कानुन नै फितलो हुनुका कारणले महिलालाई घरेलु, समाजिक, र न्यायीक, लगायत विभिन्न क्षेत्रमा भएको दैनिकी हत्या, हिँसा, अन्याय अत्याचारले सिमा नाघ्नुका साथै, राज्य प्रति असन्तुष्ट जनाउँदै भनिन् अबको संसोधित संबिधानले समाजमा अराजक गतिविधि बिकृति, बिसंगति फैलाउने कुनै पनि अपराधीलाई मृत्युु डण्ड सम्मको सजाय दिलाउन आ-आफ्नो क्षेत्र बाट शसक्त रुपमा लाग्नुपर्ने पर्ने धारणा राख्दै भनिन, पहिचान, अधिकार, सवालमा एक जुट हुन रेखा राईले सबैमा आग्रह गरेकी छन् ।

किरण लिङदेनले भने, नेपाली आदिवासीजनजातिले गरेको संघर्षले बटम लाइनको अन्तिम संघारमा पुग्दै गर्दा संघीयता र पहिचानवादीहरुले अधिकार प्राप्तिका लागि सचेत हुनु पर्ने बताए ।

मध्ये पूर्वीय राष्ट्र कतारमा स्थापित विभिन्न जातिय संस्थाहरुलाई समेत आमन्त्रण गरिएको सो कार्यक्रममा किशोर महर्जन, ओमकृष्ण थुयाजु, नियम भुजेल, देउकुमार नेम्बाङ, तेज मोक्तान, लोकबहादुर राई, अमृत कुमार राई, श्यामसुहाङ्ग हुक्पाचोंग्बांग लगायत विशिष्ट ब्यक्तित्वको बाक्लो  उपस्थिति रहेका थियो ।

जातिय संस्थाहरुको प्रतिनिधित्व गर्दै किरायाका लोकबहादुर राईले कार्यक्रमलाई सम्बोधन गर्दै, भने जातिय पहिचान र संघीयताको सवालमा अब आदिवासीजनजातिहरूले आ-आफ्नो परम्परागत संस्कार, संस्कृति र ऐतिहासिक पहिचानलाई संरक्षण-संवर्द्धन संगै प्रवर्द्धनका लागि राज्यलाई दवाव मुलक अभियान नै चलाउनु पर्ने अवस्था रहेकोले सम्पूर्ण जातीय संगठनले अहम भुमिका निर्वाह गर्नुका साथै, मौलिक हक अधिकारको मुद्दालाई ओझेलमा पर्न दिनु नहुने बताए ।

आन्दोलनरत २९ दलिय गठबन्धन मोर्चाको आन्दोलनप्रति ऐक्यवद्धता जनाउनुका साथै, संघीयता र पहिचानको पक्षमा यदि कहिँ कतै बाट नश्लवादी प्रवृतिका व्यक्तिहरुले अल्मलाउन खोज्नेलाई प्रवासबाट पनि भण्डाफोर गर्ने “संयुक्त संघीय मंच”ले प्रतिवद्धता जनाइएको छ ।

नेपाली संघीय समाजका अध्यक्ष चन्द्रसेर राई, संघीय लिम्बुवान सामाजिक मंचका अध्यक्ष नरेन्द्र एभेङ लिम्बु जनमुक्ति मंचका अध्यक्ष राज खम्बु खालिङ राई, लिम्बुवान सामाजिक मंचका महासचिव तिलविक्रम थेवे प्रवक्ता, नेपाली संघीय समाजका प्रमोद श्रेष्ठ, हिराधन राई, गणेश राई, डीएन मगर संघीय लिम्बुवान सामाजिक मंचका डम्बर लिबाङ र रेखा राई, जनमुक्ति मंचका रामकिरण तामाङ, बुद्ध मगर र सहविर थापा मगर सदस्य रहेको “संयुक्त संघीय मंच” गठन भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %