कतारमा छलफल तथा अन्तरकृया कार्यक्रम संपन्न ।

Read Time:2 Minute, 37 Second

कृष्ण सारू मगर

कतार,  सेप्टेम्बर  १२ – नेपाली राजदुतावासको आब्हानमा गैर आवासीय नेपाली संघ NCC समन्वय परिसदको समन्वयमा कतार स्थित समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था संगठनको सहभागितामा दोहाको एनखालिद स्थित रहेको राजदुतावास परिसरको भवनमा भएको बृहत् छलफल तथा अन्तरकृया कार्यक्रमलाई NRNA (NCC) का सदस्य भिम तरामु मगरले संयोजनको जिम्मेवारी बहन गरेका थिए ।

विभिन्न संघ, संस्था, संगठनका प्रतिनिधिको सवाल नेपाली राजदुतावासका महामहिम का.बा राजदुत मणिरत्न शर्माले सहजरूपमा बताउनु हुँदै उहाँले भन्नू भयो स्थापित प्रत्येक संघ, संस्था संगठनले आ-आफ्नो विधान सहित पुन: नेपाली दुतावासमा अभिलेखिकरण गर्न/गराउन समेत उक्त छलफल तथा अन्तरकृया कार्यक्रममा आग्रह गर्नु भएको छ ।

वर्तमान परिपेक्षमा यहाँको स्थानीय सरकारको ऐन कानुन भन्दा बाहिर नजान समेत आग्रह गरेका छन् । उहाँले थप्दै भन्नू भयो, कतार सरकारले अवैधानिक हिसावले काम गर्दै गैर कानुनी रूपमा बसेका आप्रवासीहरूका लागि गत १ सेप्टेम्बर देखि १ डिसेम्बर सम्म तीन महिना अवधि सम्म विना झन्झट बाट स्वदेश फिर्तीका लागि सार्वजनिक गरिएको आम माफीको सवालमा उक्त समयावधि सम्म सेवाग्राहीको मागलाई ध्यानमा राख्दै हरेक सुक्रबारका दिन पनि दिउँसो १२ देखि साँझ ४ बजे सम्म दुतावासको प्रशासन विभाग खुल्ला रहने जनाएको छ ।

विभिन्न संघ, संस्था संगठनमा आवद्ध सदस्यहरूले यो अवसरलाई सु-सुचित गरी सह्योग गर्न/गराउन समेत का.बा राजदुत शर्माले सबैमा पक्षमा आग्रह गर्नु भएको छ ।

बृहत् छलफल तथा अन्तरकृया NRNA (NCC) का कार्यवाहक अध्यक्ष नवीन पोख्रेलको अध्यक्षतामा भएको थियो महासचिव ईन्जिनियर नन्द गर्बुजा मगरको संचालनमा कार्यक्रम संपन्न गरेको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %