३५ औ एकता मगर दिवसको अवसरमा चिण्डीके डुप्के तिन दिन सम्म मनाउने

Read Time:3 Minute, 14 Second

संजय सिंजाली मगर

काठमाण्डौं,भाद्र २५- ३५ औ एकता मगर दिवस र ४५ औं चिण्डीके डुप्के तेस्रो अन्र्तराष्ट्रिय मगर मञ्च स्थापना दिवस २०७३ को पूर्व तयारी संयुक्त बैठक आज नेपाल मगर संघ केन्द्रीय समितीको कार्यालयमा बस्यो ।

नेपाल मगर संघ स्थापना हुन पूर्व वि.सं. २०२८ सालमा खिलध्वज थापा मगरको अध्यक्षतामा लांघाली(गाँउले) समाजले बनबोझको आयोजना गरी चिण्डीके डुप्के को नामकरण गरी कार्यक्रम आयोजना गरेका थिए ।

चिण्डीके डुप्केको अर्थ एक अर्का साथीहरु बीच परीचय तथा चिनजान गर्न जाने भन्ने अर्थ हुन्छ । पञ्चायती शासन व्यवस्थामा संघ संगठनहरु खुलेर कार्यक्रम गर्न प्रतिवन्ध भएकोले मगरहरुले यस कार्यक्रमको आयोजना गरी मगरहरु संगठित हुने  गर्दथे ।

वि.सं. २०७१ देखि पहिलो पटक चिण्डीके डुप्के अन्र्तराष्ट्रिय स्तरमै मनाउन सुरु गरेको हो । वि.सं. २०७२ सालमा विनासकारी भूकम्पको कारणले गर्दा यो चाड मनाइएन भने यस पटक तेस्रो अन्र्तराष्ट्रिय चिण्डीके डुप्के मनाउन लागिएको नेपाल मगर संघ काठमाण्डौं जिल्ला समितीका अध्यक्ष डबबहादुर गर्बुजा मगरले राज्यसत्ता लाई जानकारी गराउनु भयो ।

यस कार्यक्रमको पूर्व तयारीको लागि नेपाल मगर संघका केन्द्रीय सदस्य तथा उपत्यका संयोजक जीवन थापा मगरको अध्यक्षतामा नेपाल मगर संघ काठमाण्डौं जिल्ला समितीका अध्यक्ष डबबहादुर गर्बुजा मगर, ललितपुर मगर संघका अध्यक्ष कृष्ण राना मगर,भक्तपुर जिल्ला समितिका उपाध्यक्ष सवीन पुलामी मगर र उपत्यका भित्र रहेका मगर संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थित रहेको थियो ।

यो कार्यक्रमको आयोजना काठमाण्डौ,ललितपुर र भक्तपुर जिल्ला समिति र तीनै जिल्लामा रहेका मगर संग आवद्ध संघ संस्थाहरुको सहयोगमा सम्पन्न हुदै आएको छ ।

३५ औ एकता मगर दिवस र ४५ औं चिण्डीके डुप्के तेस्रो अन्र्तराष्ट्रिय कार्यक्रम यही आउदो फागुन १४,१५ र १६ मा काठमाण्डौंको टुडिंखेलमा मनाउने निर्णय गरेको छ ।

समितिको अर्को बैठक असोज १५ गतेका दिन प्रज्ञा भवन कमलादीमा बिहानको ११ बजे बस्ने गरी आजको बैठक सम्पन्न भएको ललितपुर मगर संघका अध्यक्ष कृष्ण राना मगरले राज्यसत्ता लाई जानकारी गराउनु भयो ।  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %