कतारमा मगर संघले घर्ती मगरलाई गरे सम्मान !

Read Time:6 Minute, 3 Second

बिजय कुमार मगर

कतार, सेप्टेम्बर ६ – नेपाल मगर संघ, शाखा कतारले गत २ सेप्टेम्बर सुक्रबारका दिन दोहाको सफिर रेस्टुरेन्टको सभाहलमा रुपा घर्ती मगरको प्रमुख आतिथ्यतामा संघका अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कला तथा प्रतिभाको उच्च मुल्यांकन गर्दै आगामी दिनहरूमा उनको कला र प्रतिभामा थप हौसला प्रेरणा मिलोस्, भन्ने अभिप्रायले राष्ट्रिय लोक तथा दोहरी गायिका, रेडियो तथा टेलिभिजन प्रस्तोता रुपा घर्ती मगरलाई शुभकामना सहित संघले सम्मान गरेको हो ।

नेपाल मगर सेवा समाज ललितपुरका अध्यक्ष मान बहादुर बुढा मगर, नेपाल प्रवासी आदिवासीजनजाती महासंघका अध्यक्ष सियाराम चौधरी, विशिष्ट अतिथी रहेको समारोहमा अन्य अतिथिहरुमा गुल्मी सेवा समाजका अध्यक्ष बुद्धि बहादुर पाण्डे, एन.आर.एन (एन.सि.सि.) महिला सदस्य मिना खड्का, नेपाली महिला समाजकी कोषाध्यक्ष सुस्मिता भुसाल ,मितेरी सास्कृतिक समूहका उपाध्यक्ष बिजय रानापाली, संघका प्रमुख सल्लाहकार भिम तरामु मगर, रमेश कनौजे मगर, जनक थापा मगर, बचत कोषका केशब राना मगर , विभिन्न एरिया समितिका अशोक आले मगर, कृष्ण सोराली मगर, नरेन्द्र लायो मगर, दिपक मगर, सोम थापा मगर समाजसेवी भरतसिं बुढामगर साथै, शाझा नेटवर्कका पत्रकार द्वय कुमार अविरल पन्थी र राज्यसत्ता डटकमका कृष्ण सारू मगरलाई ईशोरा थापा मगरले पवित्र खादाले अतिथि सत्कार गरेको थियो ।

संघका प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगरको स्वागत तथा महासचिव बिजय मगरको संचालन कार्यक्रम सम्पन्न भएको समारोहमा सभाध्यक्ष थापा मगर र संघका प्रमुख सल्लाहकारले खादा ओढाई, प्रमुख अतिथि घर्ती मगरलाई सम्मान पत्र, मायाको चिनो, संघको लोगो अङ्कित टिसर्ट र भित्ते पात्रो विशेष अतिथिको सह्योगका प्रदान गरेको छ यसै गरि मध्ये पुर्वीय राष्ट्र कतार भम्रणको क्रममा आउनु भएका विशेष अतिथि बुढामगरलाई संघको लोगो अङ्कित टिसर्ट र भित्तेपात्र स्वरूप उपहार संघले मायाको चिनो दिए । संघले नेपाल मगर संघको सदस्य लिएका विभिन्न विधाका कलाकारलाई  सम्मान गर्दै आइरहेको छ ।

सोही कार्यक्रममा आफू जन्मेको माटो गुल्मी सेवा समाजले घर्ती मगरलाई क्रमशः पवित्र खादाले सम्मान गर्दै, सम्मान-पत्र प्रदान गरेको थियो । समारोहलाई सम्बोधन गर्दै भनिन् । यो सम्मानले  थप हौसला बढेको बताएकी छन् । उनी नेपाली महिला समाजको तीज विशेष साँस्कृतिक कार्यक्रमको निमन्त्रणामा आएकी हुन् ।

भाषा तथा लिपी अध्यन अनुसन्धान बिभागका सह-संयोजक अभिमत पुन मगर र पाल्पाली सेवा समाजका सल्लाहकार नेपाली कला केन्द्रका अध्यक्ष समेत रहेका संघका सल्लाहकार जनक थापा मगरले भने “संस्कार रहे संस्कृति रहन्छ, संस्कृति रहे मानिसको पहिचान र अस्तित्व” जिवित रहने धारणा राख्दै अझ प्रगतिको कामना गर्दै शुभकामना दिए । आर्थिक सुधार राख्ने हेतुले यो अभियान संचालनमा ल्याएको बचत कोषका अध्यक्ष केशव राना मगरले बताए । स्थापना काल देखि वर्तमान सम्म भए/गरेका विविध गतिविधिलाई सचिव रबिन मगरले प्रष्टाय।

संघको स्थापना र संगठानिक गतिविधिका प्रगतिशील पहल कदमीले आर्थिक समाजिक रूपान्तरणमा थप टेवा मिल्ने कृयाकलाप प्रति उत्साहित हुँदै विशिष्ट अतिथि बुढामगरले उधारणीय कार्यको खुलेरै प्रशंसा गर्नु भयो ।

सुस्मिता भुसाल, बुद्धि बहादुर पाण्डे, भिम तरामु मगरले अतिथिहरूले आ-आफ्नो धारणा राख्दै शुभकामना दिएका थिए । विशेष अतिथि चौधरीले भन्नू भयो कलाकारको कुनै जात र धर्म नहुने तर्क लगाउँदै विश्वको कुनै पनि स्थानमा स्वतन्त्र रहने जिकिर गर्दै भन्नू भयो यात्राको क्रममा विभिन्न बाधा, अबरोध कठिनाईको सामना गर्ने ईक्षा शक्ति  आत्मविश्वास बलियो चाहिने तत् पश्चात् कला र प्रतिभाको श्रोता तथा शुभेच्छुकले मुल्यांकन गरी संघर्षको प्रतिफल स्टार उपाधी एक दिन अभिलाषा पोल्टामा पर्ने विश्वास दिलाए ।

अन्त्यमा प्रमुख अतिथि घर्ती मगरले सालैजो र कौरा गीतको प्रस्तुतिले उपस्थित सबैलाई भरपुर मनोरञ्जन गराएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %