बहराईनमा आदिबासी जनजाती महासंघले शोक सभा गरी खपाङीको योग्दानको चर्चा गरियो

Read Time:2 Minute, 39 Second

कृष्ण सारू मगर

मानमा- बहराईन ३ सेप्टेम्बर ,
आदिवासीजनजातिका अगुवा नेता गोरे बहादुर खपाँगी मगरको, सित्तल नेपाली रेष्टुरेन्टको सभाहलमा विभिन्न पाँच जातीय संस्थाको सहकार्यमा नेपाल आदिबासी जनजाती महासंघले शोक सभा सम्पन्न गरेको छ ।

नेपाल मगर संघका भुतपुर्व अध्यक्ष, तथा राष्ट्रिय जनमुक्ति पार्टीका संस्स्थापक महासचिव, एवं पुर्व मन्त्री स्व.गोरे बहादुर खपाङ्गी मगरको सम्झनामा एक मिनेट मौन धारण पश्चात् मृत आत्मा चीर शान्तिको कामना गर्दै बहराईन स्थित रहेका बुद्धिजीवी, समाजसेवी, विशिष्ट ब्याक्तित्वहरू साथै दाजु-भाई तथा दिदिबहिनी एवं स्व: खपाँगीका शुभेच्छुकहरूको बृहत् उपस्थिती रहेको श्रद्धाञ्जली सभामा क्रमशः उहाँको तस्वीरका पुष्पाञ्जली अर्पण गरि शोक शभामा मनाएको छ ।

स्व. गोरे बहादुर खपाङ्गी मगरको उहाँको भौतिक शरिरको अन्त्यस्ति भएता पनि हाम्रो समाजमा उहाँको विचार कहिल्यै नमर्ने भन्दै खपाँगी मगरले उठाउनु भएका मुख्य मुद्दा कुनै, एक जाति, धर्म विशेष संग नभै राज्यले गरेको उत्पिडित समुदायलाई असमानता, विभेदकारी नितिको विरूद्ध उन्मुक्तिका लागि समानुपातिक, समावेशीकरण, न्याय, पहिचान र अधिकार लागि राज्य ब्यावस्थापन सँग संघर्ष भएको ठहर गर्दै, वक्ताहरुले आ-आफ्नो धारण राखेका थिए ।

स्व. खपाँगी मगरका शुभेच्छुकहरूको बाक्लो उपस्थित रहेको श्रद्धाञ्जली शोक सभा कार्यक्रम महासंघका अध्यक्ष बुद्धि राज राईको सभापतित्व भएको थियो कार्यक्रम महासचिव प्रल्हाद लिङदेनको संचालनमा संपन्न गरेको छ ।
 सहकार्यमा आवद्ध संस्थाहरू :-
१- नेपाल मगर संघ बहराइन
 २- तमु समाज बहराइन
 ३- तमाङ सेवा समाज बहराइन
 ४- किरात राई यायोक्खा बहराइन

५- किरात याक्थुङ चुम्लुङ बहराइन

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %