बसन्त फिल्मस् गरे नेपाली कलाकारलाई सम्मान !

Read Time:4 Minute, 16 Second

कृष्ण सारू मगर

कतार, अगष्ट ३१ –  “प्रवासमा नेपाली कलाकार एक होऔं, नेपाली कला, संस्कृति र प्रतिभाको सम्मान तथा प्रवर्द्धन गरौँ” भन्ने उदेश्यका साथ संचालित बसन्त फिल्मस् प्रा.लि.ले रानी महल क्यटरिङ & सर्भिसका प्रबन्धक निर्देशक समेत रहनु भएका समाजसेवी महल क्षेत्रीको प्रमुख आतिथ्य तथा ईश्वर काफ्लेको सभापतित्वमा विभिन्न विधाका कलाकारलाई सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।

शंकर सिंह बिष्ट, सुर्य विरही साउद, चाँदनी मल्ल, पवित्रा भण्डारी, कृष्ण बराल, छम परियार, अमृत शाही विशेष अतिथि रहेको सम्मान तथा विदाई कार्यक्रममा अन्य विशिष्ट ब्याक्तित्वहरूलाई अतिथि ग्रहण गराएको थियो ।

राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपालका मानर्थ सदस्य, पाल्पाली सेवा समाज दोहा-कतारका सल्लाहकार समेत रहनु भएका बसन्त फिल्मस प्रा.लि.का प्रबन्धक निर्देशक काफ्लेले नेपाली कला र साहित्य गीत, संगीत हरेक यूवा तथा बृद्ध सबैका लागि महत्त्व रहेकोले उनिहरूलाई थप प्रोत्साहनका लागि सम्मान गरेको बताएका छन् ।

बसन्त फिल्मस प्रा.लि.द्वारा सम्मानित हुन पाउँदा निकै सौभाग्यमानी महशुस गरेको बताएका उनिहरूले फिल्मसको उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक आभार प्रकट गरे । अक्षयकोष स्थापनार्थ सह्योगका लागि सुदूरपश्चिम सेवा समाजले आयोजना गरेको गौडा साँस्कृतिक कार्यक्रम निमन्त्रणामा नेपाल देखी आएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै  प्रमुख अतिथि क्षेत्रीले भन्नू भयो कुनै पनि विधाका कलाकारहरु सबै राष्ट्रका गौरव हुन् उनिहरूको उचित मुल्यांकन गर्दै सम्मान तथा प्रवर्द्धनलाई विशेष टेवा दिँदै आयोजना गरेको कार्यक्रम श्रहानिय रहेको बताएका उहाँले थप्दै भन्नू भयो कि कलाकारलाई सम्मान कार्यक्रममा अग्र पङ्क्तिमा रहनुका साथै, कतार स्थित विभिन्न सामाजिक सेवा पनि बसन्त फिल्मसले उत्तिकै भुमिका रहेको बताए ।   कार्यक्रमको समापन गर्दै सभापति काफ्लेले भन्नू भयो राष्ट्रिय होस् वा अन्त

राष्ट्रिय बसन्त फिल्मस प्रा.लि सबैका लागि यो शाझा घर हो । यस घरमा आउने कलाकार सबैलाई सदैव स-सम्मान स्वागत रहेको बताएका छन् । एक वसन्त पुरा नहुदै झण्डै ४ दर्जन गीती एल्बमको म्यूजिक भिडियोलाई फिल्मसले सर्वत्र बजार व्यवस्थापन गरी सकेको छ । विभिन्न डिजिटल माध्यम द्वारा समावेश गरिएका उक्त गीतको आयश्रोत श्रष्टालाई नै उपलब्ध गराएको बताए छन् ।

श्रोता तथा शुभेच्छुकका मागलाई ध्यानमा राखी २१ औं सताब्दीले ल्याएको बिधुतीय प्रविधिको आविस्कारलाई सदुपयोग गरी अब छिट्टै बसन्त फिल्मसले यूटुबको खाता खोल्ने तैयारी भैरहेको प्रवन्ध निर्देशक काफ्लेले जनाएको छ ।

फिल्मसका सल्लाहकार केशव कंडेलको स्वागत तथा तिलु शर्मा पौडेलको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %