साउदी अरबका राजदुत द्धारा उपराष्ट्रपति संग बार्ता !

Read Time:2 Minute, 32 Second

देव पचभैया

काठमाडौं, भदौ १२ – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि साउदी अरबका राजदूत अहम जसिन अल हमारले भेटघाट गर्नुभएको छ ।

आईतबार कान्तिपथ बहादुरभवनस्थित उपराष्ट्रपतिको कार्यालयमा राजदूत हमारले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुभएको हो । भेटमा उपराष्ट्रपतिले साउदी अरब नेपालको असल मित्र भएको बताउनुभयो । उहाँले नेपाल–साउदीबीच सद्भाव र विश्वासमा आधारित सम्बन्ध रहेको बताउनुहुँदै आगामी दिनमा सम्बन्धलाई थप सुधार गर्नुपर्ने बताउनुभयो । साउदी नेपालको ठूलो श्रम गन्तव्य भएको बताउनुहुँदै उपराष्ट्रपतिले यसबाट दुई देशबीचको सम्बन्ध जनस्तरसम्म विस्तार भएको बताउनुभयो ।
भेटमा उपराष्ट्रपतिले साउदी अरबको विभिन्न कारागारमा झण्डै चार सय ५० जना नेपालीहरु बन्दी भएको र उनीहरुको रिहाईका लागि साउदी राजदूतको ध्यानाकर्षण गराउनुभयो । कतिपय नेपालीहरुले कैद भुक्तानी गरिसकेपछि पनि जरिवाना बुझाउन नसक्दा कारागारमै बसिरहनुपरेको बताउँदै उनीहरुलाई सहयोग गर्न आग्रहसमेत गर्नुभयो । उहाँले साउदीमा सयौँ नेपालीहरु अलपत्र परेको उल्लेख गर्नुहुँदै अलपत्र परेका नेपाली कामदारहरुको समस्या समाधानका लागिसमेत ध्यानाकर्षण गराउनुभयो ।

उपराष्ट्रपतिले नेपाली हजयात्रीहरुको संख्या बढाउन समेत अनुरोध गर्नुभयो । भेटमा साउदी अरबका राजदूतले साउदी–नेपाल सम्बन्ध धेरै पूरानो र घनिष्ट रहेको बताउनुभयो । उहाँले दुई देशबीच सम्बन्ध सुधारमा जोड दिनुभयो ।

राजदूतले नेपालले जलविद्युत, सिंचाईलगायतको क्षेत्रमा परियोजना बनाए साउदी अरब साउदी फण्डबाट सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले साउदीका विभिन्न कारागारमा रहेका नेपालीहरुको समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %