पाँचौ मिस यूके प्रतियोगिताको उपाधि राना मगरको पोल्टामा !

Read Time:3 Minute, 53 Second

कृष्ण सारू मगर


लण्डन, अगष्ट २७  – मिस यूके नेपाल २०१६ को फाईनल गत २१ आईतबारका दिन अल्डरसटस्थित एम्पायर बैंक्यूटिङ हलमा सम्पन्न भएको पाँचौ मिस यूके प्रतियोगितामा टेनिसा राना मगरले मिस ब्युटी वीथ परपोज सहित मिस ट्यालेन्ट टाइटिल उपाधि चुम्न सफल भएकी छिन् ।

पोखरा स्थायी घर भएकी भूपू ब्रिटिस गोर्खा सैनिक अवकास प्राप्तका सुपुत्री राना मगर गएको २००६ देखी यूकेमा रहँदै आएकी छिन् । कोरियोग्राफरको निर्देशन बमोजिम आफुले पनि धेरै मेहनत गरेकोले  उपाधि चुम्न सफल भएको बताइन् । रानाले भनिन ‘म यति उत्साहित छु, वर्णन गर्न पनि सक्दिन’ ‘अबको समय म च्यारिटीमा लगाउनेछु ।’ क्विनम्यारी विश्वविद्यालय लन्डनमा मेडिसिन विषय अध्ययनरत रानाले आफूमा थप आत्मविश्वास  बढेको बताइन् ।

इभेन्ट एण्ड आइडियाजले गरेको उक्त प्रतियोगितामा फस्ट रनर अप भइन्
प्रशंङसा लिम्बु । प्रशंङसाले मिस पर्सनालिटी र मिस क्याटवाकको समेत उपाधि जितेकी छन् । त्यसैदगरि, सेकेन्ड रनर अप भइन् बिभिया श्रेष्ठ । बिभियालाई मिस पब्लिक च्वाइस उपाधि समेत मिलेको छ । ओपनिङ सिक्वेन्समा आकर्षक नृत्य सहित प्रस्तुत भएका सुन्दरीहरुले आ-आफ्नो परिचय दिएका थिए । सहभागीले आ-आफ्नो मौलिक पहिचानको पोषाकमा साँस्कृतिक प्रस्तुत भएका थिए ।

कमल भण्डारी, प्रसुना कंडेल, गौमाया गुरुङ, डा. प्रियम्बडा पौडेल, एकेन्द्र गुरुङ र राष्ट्र 
राई र नरेश खपांगीमगरले उक्त प्रतियोगिताको निर्णायक भुमिका निर्वाह गरेका थिए ।

प्रमुख अतिथी लन्डन स्थित नेपाली दूतावासका महामहिम का.बा. राजदूत शरदराज आरन, गैर आवासीय युरोप संयोजक कुल आचार्य, यूकेका अध्यक्ष मुछेत्र गुरुङ, आयोजक इभेन्ट एण्ड आइडियाजकी निर्देशक शान्ति गुरुङले प्रतियोगिताको विजयीलाई बधाई तथा शुभकामना दिए ।

उक्त कार्यक्रममा विभिन्न विधाका स्थानिय कलाकारहरूले साँस्कृतिक प्रस्तुतिले उपस्थित सम्पुर्णलाई भरपुर मनोरञ्जन दिएको थियो ।

२० वर्षीया टेनिसा लन्डन मेट्रोपोलिटन युनिभर्सिटी यूकेमा मेडिसिनमा डिग्री गर्दै छिन् । पोखराकी टेनिसाको उचाई ५ दशमलव ६ इन्च रहेको छ । उनलाई अभिनेत्री प्रियंका कार्की लगायतले ताज पहिरिएकी हुन् ।

कार्यक्रम स्थलमा आवश्यक पर्ने विविध सामग्रीको व्यवस्थापनमा सपन इन्टरटेन्मेन्टले गरेको गैर आवासीय नेपाल संघ यूके उपाध्यक्ष, नेपाल मगर संघ केन्द्रीय समिति यूरोप/अमेरिका संयोजक समेत रहनु भएकी मगर महिला संघ यूके कि सल्लाहकार शान्ति कुवर थापा मगरले राज्यसत्ता डटकमलाई जानकारी दिनु भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %