अंग्रेज फौजलाई परास्त गरेको संझनामा नेपाली सेनाद्धारा नाटक प्रर्दशन ( भिडियो रिर्पोट सहित )

Read Time:6 Minute, 57 Second

देब पचभैया


पाल्पा, भाद्र १० – अ्रग्रेजलाई युद्धमा पराजित गरी बिजय भएको संझनामा नेपाली सेनाले पहिलो पटक नाटक प्रर्दशन गरेको छ । बुटवलको जितगढीमा भएको युद्धमा अग्रेज फौजलाई हराएको संझनामा बिहिबार राती पाल्पा स्थित चण्डी प्रसाद गणले तानसेनमा पहिलो पटक नाटक प्रर्दशन गरेको हो । विश्वको भु-भागलाई आफ्नो मुठ्ठिमा कब्जा गरेको ब्रिटिश सम्राज्यबादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा मनाईने एैतिहाशिक भगवति जात्राको अघिल्लो रात सेनाले झण्डै एक घण्टा लामो नाटक प्रर्दशन गरेको हो । सेनाको नाटक हेर्न शयौ दर्शकहरुको भिड थियो ।

नेपाल – अग्रेज युद्ध ९ बि,सं १८७१-०७२० मा अंग्रेज संगको युद्धमा जानु अघि प्रशासक उजीरसिंह थापा मगरले युद्धमा विजयी भएमा तानसेनमा भगवतीको ठुलो मन्दिर बनाउने र प्रत्येक वर्ष बिजय जात्रा संचालन गरेर भगवतिको महिमा फैलाउने भाकल गरेको इतिहासमा उल्लेख छ ।

सोहि अनुरुप शक्तिशाली अग्रेजलाई युद्धमा सजिलै हराएपछि १८७६ देखि राष्ट्रको जित भएको अबसरमा राष्ट्रिय जात्राको रुपमा भगवती जात्रा मनाउन शुरु गरिएको ईतिहासका जानकार एबं बुद्धिजिबि निर्मल श्रेष्ठको भनाई छ । युद्धमा तत्कालीन रुपका नेपाली सेनाले बहादुरीका साथ लडेर अग्रेजलाई पराजित गरेकोले संझनालाई नाटकमा उतारेर प्रदर्शन गरिएको चण्डी प्रसाद गणका कर्णेल दिर्घ बहादुर चन्दले जानकारी दिनुभयो ।

लडाइ चलीरहेको समयमै अमर सिंह थापाको मृत्यु भएपछि गोर्खाली प्रशासकको रुपमा पाल्पामा उजिर सिंह थापामगर नियुक्त भएका थिए । तिर्ने कर्णेल थापाले १९७७ मा निर्माण गरेको रथलाई बजार परिक्रमा गराई भगवती जात्रा मनाउने चलन छ । शुक्रबार पनि पाल्पामा एैतिहाशिक भगवती जात्रा मनाईदैछ । जात्राको लागी पाल्पामा स्थानिय बिदा दिईएको छ ।

यस्तो छ नेपाल अग्रेज युद्धकोकाहानी !

बि,सं २०७१ तिर अंग्रेजहरुले नेपाल संग युद्ध गर्नका लागी बिशेष तयारी गरी पाच तिर बाट आक्रमण गर्ने योजना बनाएका थिए । मुख्य विवादास्पद क्षेत्र बुटवल स्यूराजमा आक्रमण गरी पाल्पामा कब्जा जमाउनका लागी मेजर जनरल जोन सुलिवान उडको नेतृत्वमा चार हजार जवानको फौज गोरखपुरमा तैनाथ थियो । अग्रेजहरुले नेपालमा आक्रमण गर्न त्यस किसिमको बिशेष योजना बनाएको थाहा पाएपछि नेपालमा पनि बिभिन्न मोर्चामा अंग्रेजहरु संग लड्नका लागी केही तयारी गरिएको थियो ।

पाल्पा र बुटवलको सुरक्षा गर्न कर्णेल उजीरसिंह थापा लगभग तीनहजार जवान सैनिक सहित नुवाकोटगढीमा खटाईएका थिए । अंग्रेजहरुले नेपाललाई बुटवल, स्यूराज रौतहटका २२ गाउ खाली गर्नु भन्ने धम्की पठाएपछि त्यसको म्याद सिद्धिनासाथ युद्धको घोषणा नगरिकनै बुटवल स्यूराज कब्जा गरे । (२२ अप्रिल १८) नेपाली पक्षको कुनै तयारी नभएकाले ती क्षेत्र जित्न अंग्रेजहरु सफल भए । तर औलोको कारण उनीहरु त्याहा टिक्न सकेनन् र गोरखपुरतिर फर्के ।

जनरल अमरसिंह थापाले पाल्पा बाट फौज पठाएर बुटवल कब्जा गर्न खोज्दा अंग्रेजहरुका १८ जना प्रहरीको हत्या भयो र ६ जना घाईते भए । त्यो खबर पाएपछि गर्भनर जनरल लर्ड हेस्टिङ् रिसले चुर भए । अतः उनले नेपालका बिरुद्ध युद्धको घोषणा गरे ९१ नोभेम्बर १८१४० बुटवल हुदै पाल्पा कब्जा गर्ने जिम्मा लिई मेजर जनरल जोन सुलिवान उड १ हजार फौज र ३ हजार हिन्दुस्तानी फौज लिई गोरखपुरमा बसेको कुरा नेपालका मुख्तियार भीमसेन थापालाई थाहा भयो । त्यसपछि उनले आफ्ना भतिजा कर्णेल उजीरसिंह थापालाई आफ्ना बाबु अमरसिंह थापालाई सहयोग गरि पाल्पा बुटवलको सुरक्षा गर्न नुवाकोट गढीमा पठाए । उनको साथमा गवुज गुल्म र गुरुवक्स गुल्मका दुई शय जवान फौज पनि पाल्पा बुटवलको सरक्षा गर्न खटाईएको थियो ।

अग्रेजका तर्फ बाट बिशाल फौजले आधुनिक हातहतियार सहित आक्रमण गर्ने योजना बनाएको छ भन्ने कुरा पाल्पामा जानकारी आईसकेको थियो । त्यही बेला पाल्पाका तैनाथ वाला सानाकाजी अमरसिंह थापाको मृत्यु भयो । त्यसपछि उजिरसिंह थापाको कांधमा बुटवलको सुरक्षा मात्रै नभई पाल्पाको प्रशासन चलाउने जिम्मेवारी थपियो ।

पाल्पाका शुभचिन्तक हरु आफ्नी मुखिनि समेतको सल्लाहमा उजीरसिंह थापाले अंग्रुेजहरु संग भिड्न बिशेष तयारी गरे । युद्धमा विजयी गर्ने शक्ति देउ भवी भगवतीको आराधना गरियो ।

त्यतिबेला तानसेनमा महिषासुरमर्दिनी भगवतीका शतिmको खुब चर्का थियो । तिनै भगवतीको पाउ छोएर उजीरसिंह थापाले नेपाल अग्रेज युद्धमा बिजयी भएमा एक बिशाल मन्दिर निर्माण गराउनका साथै भगवतीको महिमा फैलाउने भाकल गरे । यस प्रकारको तयारीले पाल्पा क्षेत्रमा खटिएका शैनिकहरुमा जोश, जागर पलायो र सजिलै अंग्रेज फौजलाई हराए ।

{youtube}https://youtu.be/i4eN-vrwkKE{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %