मगर आदिकवि रेख जयन्ती तनहुँको मिछुर्लुङमा मनाइने !

Read Time:2 Minute, 11 Second

रूद्र श्रीसमगर


पोखरा, भदौ ९
नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिले मगर भाषाका आदिकवि सु. रेखबहादुर थापा सारू मगरको ७३ औं जन्मजयन्ती यही भदौ २८ गते तनहुँको मिछुर्लुङमा मनाउने भएको छ ।

बिहीबार पोखरामा बसेको बैठकले तनहुँको पर्यटकीय गाउँ मिछुर्लुङमा पुरस्कार वितरणसहित साहित्यिक कार्यक्रम गरी आदिकवि रेख जयन्ती कार्यक्रम मनाउने निर्णय गरेको अध्यक्ष गीता थापामगरले जानकारी दिनुभयो । बैठकले मगर आदिकविका नाममा पुरस्कार वितरणका लागि १ लाख रुपैयाँको मगर आदिकवि सु. रेखबहादुर थापा सारूमगर स्मृति अक्षयकोष स्थापना गर्ने निर्णय पनि गरेको छ ।

साथै, बैठकले अक्षयकोषमा रकम राख्न सहयोगका लागि देश तथा विदेशमा रहेका विभिन्न संघसंस्था र व्यक्तिलाई आह्वान गर्ने निर्णय समेत गरेको छ । यस वर्ष संघले पाँच हजार रुपैयाँ राशिको मगर आदिकवि सु. रेखबहादुर थापा सारू मगर स्मृति साहित्य पुरस्कार वितरण गर्ने भएको छ ।

पुरस्कार वितरणका लागि संघका केन्द्रीय सचिव रूद्र ‘सन्देश’ मगरको संयोजकत्वमा केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर, अञ्चल समितिका सल्लाहकार इन्द्रबहादुर आलेमगर, अध्यक्ष गीता थापामगर तथा पूर्व सचिव मीना थापामगर सदस्य रहेको प्रतिभा छनौट समिति गठन गरेको सह–सचिव रिमबाबु रानामगरले जानकारी दिनुभयो ।

त्यसैगरी, कार्यक्रमको प्रमुख अतिथिका लागि संघका केन्द्रीय अध्यक्ष कर्णबहादुर बुढामगरलाई आमन्त्रण गर्ने निर्णय समेत बैठकले गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %