गृह जिल्लाका विधालयलाई पाल्पाली समाजले अक्षयकोष वितरण अभियान थाल्यो !

Read Time:3 Minute, 23 Second

कृष्ण सारू मगर

यूएई, अगष्ट २५ – “एक्काइसौं सताब्दीको आवश्यकता सीप र ज्ञान ! यूएईको माटो सुहाउँदो पाल्पालीहरूको अभियान !” मुल नाराका साथ, शिक्षा मानिसको तेस्रो आँखा हो आजका बालक भोलिको कर्णधार चम्किला तारा हुन भन्ने उद्धेश्यका साथ पाल्पाली समाजले सिलुवा-२ अन्तर्गत पर्ने तामाखानी स्थित श्री अकला निमावि बाट पहिलो चरणको अक्षयकोष हस्तान्तरण कार्यक्रम अभियान आरम्भ गरेको छ ।

गृह जिल्लामाका विभिन्न ६० गाविसका ती गरिब तथा जेहेन्दार विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै विधालयलाई वार्षिक कार्ययोजना अन्तर्गत अक्षयकोषका लागि पाल्पाली समाज युएईले सिलुवा गाविस २ तामाखानीमा पर्ने श्री अकला निमाविका प्रधानाध्यापक तथा स्कुल व्यबस्थापन समितीका अध्यक्षलाई ब्याक्तिगत एक थान ल्यापटप सहित कोषले छुट्याइएको पच्चीस हजारमा पाँच हजार थप गरि नेरू- तीस हजार रकम समाजकी उपाध्यक्ष ओम कुमारी खाँणले २३ अगष्ट मंगलबारका दिन विधालयमा पुगेर हस्तान्तरण गर्नु भएको हो ।

रोजगारीको शिलशिलामा युएई स्थित रहनुहुने सम्पुर्ण पाल्पावासीहरूमा यस अभियानको अभिन्न अंग भै ऐक्यबद्धता जनाउन विशेष आग्रह गर्दै महासचिव वेद प्रसाद अर्यालले सबैमा हार्दिक अपिल समेत गर्नु भएको छ । समाजको विविध गतिविधिहरुलाई संचार माध्यम द्वारा सम्प्रेषण गरि प्रतक्ष सह्योगको गर्नु भएकी सीता डोटेल प्रति विशेष धन्यवाद दिएका छन् ।

प्रतक्ष वा अप्रत्यक्ष साथ दिनु भएका साथै यस अभियानमा आर्थिक, भौतिक, नैतिक एवं वैचारिक साथ, सह्योग प्रति समर्थन जनाउँनु हुने सह्योगदाताहरू एवं विशिष्ट ब्यक्तित्वहरू लगायत अहोरात्र खटेर लागि रहनु भएका सहयात्री साथीहरूमा ब्याक्तिगत एवं समाजको तर्फ देखि विशेष धन्यवाद सहित हार्दिक आभार ब्यक्त गर्नु भएका उहाँले पहिलो चरणमा सिलुवा-२ अन्तर्गत पर्ने तामाखानी स्थित श्री अकला निमावि बाट आरम्भ भएको अभियानले तत्काल २० वटा विधालयलाई वितरण गर्ने जनाएको छ ।

लक्ष अनुसार बाँकी रहेका अन्य विभिन्न विधालयलाई क्रमशः वितरण गर्ने हाम्रा राज्यसत्ता डटकमका गल्फ व्यूरो सहकर्मी कृष्ण सारू मगर संग भएको कुराकानीमा समाजका अध्यक्ष खुम आले मगरले जानकारी गराउनु भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %