पाल्पाली भन्ज्यांग युकेको वार्षिक भेला भव्यताका साथ सम्पन्न

Read Time:4 Minute, 20 Second

बम थापा (सूर्यवंशी)

लण्डन, अगस्ट १९ – गत शनिवार १३ अगस्टका दिन नेपालको शुन्दर नगरी तानसेन पाल्पा पुर्ख्यौली घर भई  हाल युके अधिराज्य भरि स्थाई वा अस्थाई रुपमा बसोवास गर्दै आएका पाल्पालीहरुको घर “पाल्पाली भन्ज्यांग युकेको” वार्षिक भेला लण्डनमा अवस्थित अल्डरसटमा भव्यताका साथ  सम्पन्न भएको छ ।

पाल्पाली भन्ज्यांग युकेका अध्यक्ष बम थापा सूर्यवंशी मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि कार्यबाहक नेपाली राजदूत शरदराज आरन थिए भने ब्रिटिश आर्मीका सर्बोच पोस्टमा रहेका लेफ्टिनेण्ट कर्णेल यमबहादुर राना बिशेष अतिथि रहेको थियो । कार्यक्रममा मुख्य अतिथि, बिशेष अतिथि, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, तनहुँ समाजका अध्यक्ष लेख गुरुङ, गोरखाली समाजका उपाध्यक्ष कर्ण दर्लामीमगरले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेपाली टीभीका प्रबन्धक विजय थापा र वहांको टिम सहित अन्य संचार कर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । महासचिव खुम कुँवरले संचालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष वाचस्पति रेग्मीले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने सचिव भेष थापाले सुरक्षा सम्बन्धि अवगत गराएका थिए । हललाई पाल्पाली झल्काउने गरि सजावट सस्थाका उपाध्यक्ष गोपाल थापा र वहांको टिमबाट भएको थियो । अति नै स्वादिस्ट भोजन शिब थापाको पहलमा द पलाज़ाबाट संरक्षक ऋखिराम रानाले गर्नु भएको थियो भने गर्मी मौसममा सबै ड्रिंकको कार्यभार देव राना र वहांको टिम बाटले गरेका थिए । 

संस्थाका पूर्व अध्यक्षहरु ऋखिराम राना, उदय कुँवर, श्यामसिंह रानालाई संरक्षक घोषणा गरिएको थियो भने  सल्लाहकार र ट्रष्टिजहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सस्थाको आजीवन सदस्यहरुलाई सर्टिफिकेट र आजीवन सदस्यको ब्याज वितरण गरिएको थियो भने सस्थाको आर्थिक संकलन गर्नेमा बिशेष सहयोग गर्नेहरु सल्लाहकार निधिराज थापा र उपाध्यक्ष गोपाल थापालाई सम्मान गरिएको थियो । 

अन्य विभिन्न सस्थामा आवद्ध पाल्पालीहरु बुटवल सेरो फेरोका अध्यक्ष बिष्णु श्रेष्ठ, नेपाल मगर संघ अमेरिका यूरोपका संयोजक शान्ति थापा कुँवर र हंस्लो समाजका प्रोपर्टी सचिव गोपाल थापालाई सम्मान गरिएको थियो भने भने सो कार्यक्रममा विभिन्न परीक्षाहरुमा सफलता प्राप्त गर्नेहरुलाई सम्मान गरिएको थियो  ।

कार्यक्रममा पाल्पाली झल्काउने विभिन्न नृत्य र गीत पाल्पाका स्थानीय कलाकारले गरेका थिए भने नेपालका चर्चित कलाकारहरु लोक दोहारी गायक बिरु लामा,  लोक दोहारी गायिका जुना सिरिस र लोक आधुनिक गायक सबु थापाले मनोरञ्जन गराएका थिए ।

पुरा तस्बिर हेर्न तलको लिङ्क थिच्नुहोस:

Bom Thapa Suryawangshi Magar added 70 new photos to the album: पाल्पाली भन्ज्यांग युकेको वार्षिक भेला भव्यताका साथ सम्पन्न byThapa Hum and Bom Thapa Suryawangshi Magar.

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %