बलेटक्सार कन्ट्रक्शन गुल्मीले जित्यो भलिवलमा एक लाख पुरस्कार

Read Time:1 Minute, 21 Second

देब पचभैया

पाल्पा, भाद्र १ – गुल्मीको रिडिमा भएको खुला भलिवल प्रतियोगितामा पहिलो भई बलेटक्सार कन्ट्रक्शन प्रालि गुल्मीले एक लाख एक हजार राशीको पुरस्कार जितेको छ ।

भिडियो हेर्नुहोस:

{youtube}https://youtu.be/wNtEDlwZ_xA{/youtube}

अलफेन्ड्स युवा समुहले सोमबार देखि आयोजना गरेको जारी प्रतियोगिताको बुधबार सम्पन्न फाईनलमा ग्वादी युवा क्लब गुल्मीलाई हराउदै बलेटक्सार कन्ट्रक्शन पहिलो भएको खेल संयोजक अमुल्य श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा दोश्र्रो भएको ग्वादी युवा क्लब गुल्मीले ३३ हजार ३ सय ३३ रुपिया र शिल्ड प्राप्त गरेको छ ।

आईतबार स्थानिय समाजसेवी क्याप्टेन सुरज गुरुङ्गले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । सोमबार देखि औपचारीक रुपमा शुरु भएको  प्रतियोगितामा पाल्पा, स्याङ्गजा र गुल्मीका गरी नौ समुहले भाग लिएका छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %