बहराईनमा नेपालीले तीज मनाउदै !

Read Time:2 Minute, 51 Second

कृष्ण सारू मगर

कतार, अगष्ट ११ – अन्तराष्ट्रिय नेपाली कलाकार समाजको आयोजनामा नेपाली महिलाहरूको महान चाड हरितालीका तिज कार्यक्रम यही आउँदो २६ अगष्ट २०१६ शुक्रबारका दिन महिला दिदी बहिनीहरूले शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गरी भब्य मनाउने भएको छ ।

विशेष गरि माईती र चेली बिच आपसी भेटघाटमा शुभकामना आदान प्रदान तथा वर्ष दिनमा भए,गरेका विभिन्न आरोह अवरोहका वेदनाहरू हरितालिका तीजको शुभ अवसरमा विभिन्न विधाका कलाकारहरूले मनोरञ्जनात्मक सैलीमा शब्दलाई ढालेर गीत, संगीतको माध्यम द्वारा विशेषगरी  महिलाहरूले महान पर्वलाई साँस्कृतिक कार्यक्रम गरी महोत्सवको रूपमा भब्य मनाउने गर्दछन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुपहिचान रहेको समुदायमा विभिन्न सँस्कृतिको विविधताको धनी देश भएकोले यहाँ विदेशी भुमिमा रहेता पनि हामी सबैले आ-आफ्नै पुर्खौ देखीको मौलिक परम्परा संस्कार, संस्कृतिलाई संरक्षण संवर्द्धन गर्नु जरुरी छ भन्ने अभिप्रायले अन्तराष्ट्रिय नेपाली कलाकार समाजका अशिम महतले राज्यसत्ता डटकम संगको कुराकानीमा बताउनु भएका हुन् ।

सोही कार्यक्रममा शिव दर्शन डिजिटल प्रालि द्वारा उत्पादित पञ्चेबाजामा रहेको साह्रै जोस उठायो गीति एल्बमलाई विमोचन गर्ने भएको छ । बहुचर्चित राष्ट्रिय लोक तथा गायिका देवी घर्ती मगर तथा गायक प्रशान्त पौडेलले स्वरमा साथ दिएका छन् । गीतकार जानुका पौडेलको पहिलो प्रस्तुति हो ।

बहराईनमा स्थापित विभिन्न संघ संस्था, संगठनमा आवद्ध समाजसेवी, उधोग, व्यावसायी साथै, स्थानिय पत्रकार लगायत समस्त बहराईनमा रहनु हुने आदरणीय नेपाली दाजु भाइ तथा दिदी बहिनीहरू कार्यक्रममा उपस्थित भै भब्य, सभ्य सम्पन्न गराउन गरिमामय उपस्थितिको लागि अन्तराष्ट्रिय नेपाली कलाकार समाज आयोजक समिति परिवार हार्दिक निमन्त्रणा गरेको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %