देव पचभैया
पाल्पा, श्रावण २७ – २२ औ बिश्व आदिबासी दिवस पाल्पामा भब्य रुपमा सम्पन्न भएको छ ।
{youtube}https://youtu.be/WL8OxYTsoYU{/youtube}
जनजाति महासंघ जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा भएको कार्यक्रममा दिवस मनाउन गाउ गाउ बाट समेत आदिबासी जनजातिहरु सदरमुकाम तानसेन आएका थिए । पहिचान र अधिकारी संघियता आदिबासीको अडान , अपुरो अधुरो संबिधान संसोधनका लागी हाम्रो साझा अभियान भन्ने मुल नाराका साथ भएको कार्यक्रममा जिल्लामा रहेका ११ जनजातिहरुले आ आफ्नो सास्कृति झाकी, भेषभुषा सहित बजार परिक्रममा गरेका थिए ।
तानसेन नगरपालीकाको ठुलो हलमा भएको औपचारी कार्यक्रममा सांसद तुल्सा राना, बिभिन्न जातिय सस्थाका प्रमुख , राजनैतिक दलका प्रमुख एबं प्रतिनिधिहरु , पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतम, स्थानिय बिकास अधिकारी कृष्ण पाण्डे लगाएतले बोलेका थिए ।
जनजाति महासंघ पाल्पाका अध्यक्ष केयरसिंह रानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब यस कुमार गरम्जाले संचालन गरेका थिए ।