कतारमा महिला समाजले राष्ट्रिय कलाकारको निमन्त्रणामा पाचौं प्रस्तुति कार्यक्रम गर्दै !

Read Time:1 Minute, 42 Second

कृष्ण सारू मगर

नेपाल देखी आमन्त्रित राष्ट्रिय कलाकार चर्चित लोक तथा दोहरी गायीका रूपा घर्ती मगरको साथमा स्थानिय कलाकारहरुको बेजोड धमाका सहित कार्यक्रम विगतको भन्दा पृथक र रोचक रहने भएको आयोजक समितिले जनाएको छ ।

मध्ये पूर्वीय राष्ट्र कतारको दोहा स्थित रोजगारिको शिलशिलामा कार्यरत नेपाली दिदि,बहिनिहरुको एक मात्र विशुद्ध साझा संस्था नेपाली महिला समाज कतारले विगतमा झै यस वर्ष पनि नेपाली हिन्दु नारिहरुको महान चार्ड हरितालिका तीज पर्वलाई आपसमा शुभकामना आदान प्रदानका साथ मनाउने भएको हो ।

कार्यक्रमलाई भब्य र सभ्य संपन्न बनाउन कतारमा स्थापित विभिन्न संघ संस्था, संगठनमा आवद्ध समाजसेवी, वुद्धिजिवि, उधोग, ब्यावसायी तथा स्थानीय पत्रकार, कलाकार, एवंम्, आदरणीय दाजुभाई, दिदि बहिनीहरूमा यसै सुचनालाई आधार मानी गरिमामय उपस्थितिका लागि सबैमा हार्दिक अपिल गरेको नेपाल महिला समाजकी संस्थापक अध्यक्ष रेखा राईले राज्यसत्ता डटकमलाई जानकारी दिए ।

 

नोटस् विष्तृत जानकारी लिनु परेमा पोष्टरमा उल्लेखित निम्न तपशिल रहेको छ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %