संजय सिंजाली मगर
काठमाण्डौं,अषाढ २५—आज २२ औं विश्व आदिवासी दिवसको अवसरमा कमलादीको प्रज्ञा प्रतिष्ठानको सभाहलमा कार्यक्रम सम्पन्न भयो ।
(शहर केन्द्रित आन्दोलनभएको पत्रकारको पश्नलार्इ अध्यक्ष रोका मगरले यसरी प्रतिपाद गरे)
{youtube}https://youtu.be/ox41xpF91gs{/youtube}
पहिचान र अधिकार सहितको संघीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संसोधनको लागि हाम्रो साझा अभियानू भन्ने नाराको साथमा नेपालमा २२ औं विश्व आदिवासी दिवसको सन्दर्भमा काठमाडौमा ल्भ्ँक्ष्ल्ले आयोजित गरेको विविध समानान्तर अन्तरक्रियाहरु, शुभकामना आदानप्रदान कार्यक्रम भएको थियो ।
{youtube}https://youtu.be/HmPTKpoGi8Q{/youtube}
(Univercityका मगर बिध्याथर्थीहरूले नगर परिक्रममा नारा लगाउदै)
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहल प्रमुख अतिथि थिए भने विशेष अतिथिमा नेपाली काङग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेल थिए । अतिथिहरुमा पहिलो संविधान सभाको जनजाति ककसका अध्यक्ष तथा पूर्व अर्थ मन्त्री वर्षमान पुन,इन्द्रबहादुर गुरुङ र महासंघका संस्थापक महासचिव सुरेश आले मगर थिए । अन्य अतिथिहरुमा नेपाली काङग्रेसका सांसद दिलमान पाख्रिन,थरुहट पार्टीका सांसद गंगा चौधरी,संघीय थरुहटका सांसद रुक्मणि चौधरी थिए । महासंघका पूर्व अध्यक्ष, महासचिव र जनजातिका सांसद तथा मन्त्रीहरुलाई निम्ताइए पनि उपस्थिति रहेको थिएन ।
{youtube}https://youtu.be/Y02_0T6LGyM{/youtube}
प्रमुख अतिथि र विशेष अतिथिले किरातीहरुको ढोल बजाएर कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा प्र.म.ले शुभकामना मन्तव्य दिदै आदिवासी जनजातिको पहिचान झल्कने खाले नयां संविधान संशोधन हुने बताए । आगामि वर्ष देखि विश्व आदिवासी जनजाति दिवस सरकार बाटनै मनाउने प्रतिवद्धतता जायर गरे । विशेष अतिथि रामचन्द्र पौडेलले शुभकामना मन्तव्य दिदै भने ने.का.का नेता भीम बहादुर तामाङको भनाई लाई सम्झिदै पहिचान भेटिने द्धन्द्ध मेटिने गरी नंया संविधानको निमार्ण गरिनेछ ।
कार्यक्रमको बीच बीचमा आ-आफ्नो जातिय संस्थाको जातिय पहिचान झल्किने विभिन्न भेषभुषा सहित नृत्य प्रस्तुत गरेका थिए ।
(श्रब्य/दृश्य:हुबिमगर)
५९ जातिय संघ संस्थाको झाकी सहित नारा लगाउदै भृकुटी मण्डप देखी रत्नपार्क भद्रकाली,सुनधारा,जमल हुदै कमलादीको प्रज्ञा प्रतिष्ठानको सभाहलमा प्रवेश गरेका थियो । कार्यक्रम महासंघका अध्यक्ष नरेन्द्र कुमालको अध्यक्षमा,महासंघको कोषाध्यक्ष जगत बरामको स्वागत मन्तव्य र महासंघका उपाध्यक्ष डण्डु शेर्पाले कार्यक्रम सञ्चालन गरेका थिए ।
(प्रतिक्षा गर्नु होस:तमु समाजका अध्यक्ष रेशम तमुले प्रमुख अतिथि प्र.म प्रचण्ड र बिसेश अतिथि राम चन्द्र पौडेललार्इ कार्यक्रम स्थममै झाँको झार्दैको दृश्य आउँने श्रृखलामा)