केहर सिं थापा मगर
काठमाण्डौं,श्रावण २२—आज ललितपुर स्थित धोवीधाराको आर्दश हिमालयन बोर्डिङ स्कुलमा विपश्यना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रम सञ्चालन विश्व विपश्यनाका वरिष्ठ सहायक आचार्य शारदामान शाक्यले गर्नुभयो ।
उहॉले विपश्यनाको अर्थ मानिस कसरी सुख प्राप्ति गर्दछ,मानिस आफ्नो कुलत बाट कसरी छुटाकारा पाउन सक्छ भन्ने हो । यसको लागि १० दिने विपश्यना साधना प्रशिक्षण प्राप्त गर्न सकिने बताउनु भयो ।
नेपालमा विपश्यना साधना प्रशिक्षण कार्यक्रम ८ वटा सञ्चालन रहेका छन् यसबाट इच्छुक नागरिकले निःशुल्क रुपमा सेवालाभ गरेका छन् तर १० दिने साधना प्रशिक्षण समाप्त पश्चात कसैले इच्छा स्वरुप दान दिन सक्ने र सो आर्थिकले अर्को यस्तै कार्यक्रम सञ्चालन गर्ने बताए ।