जनमुक्ति पार्टी आबद्ध लिम्बुवान राज्य परिषद्ले लिम्वूवान वन्द गरे !

Read Time:1 Minute, 47 Second

भैरब आङ्ला

धरान, श्रावण २२ – राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आवहान गरेको लिम्वूवान वन्दको प्रभाव अरुण पुर्वको नौ जिल्लामा परेको छ ।

बन्दको कारण विहानै देखि मोटरसाईकल, प्रेसका गाडी, कुटनितिक नियोगका गाडी, दमकल र एम्वुलेन्स बाहेक कुनै पनि सवारी साधन चलेका छैनन् । बजार पसल वन्द छन् । साउन २२ लाई कालोदिन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज लिम्बुवानको ९ जिल्ला बन्द गरेको हो ।

१८३१ साउन २२ गते कै दिन लिम्बुवान तत्कालिन गोर्खा सँग भएको  नुनपानी सन्धीले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै कालो दिनको रुपमा साउन २२ लाई परिषद्ले मनाउँदै आएको छ । २०६६ सालदेखि आजैको दिनलाई कालो दिन मान्दै परिषद्ले लिम्बुवान क्षेत्र बन्द गराउँदै आएको छ ।

बन्द अघि बिहानको ५ बजेदेखि साँझ ५ बजेसम्म रहने पार्टीका केन्द्रीय उपाध्यक्ष एवं लिम्बुवान इन्चार्ज चन्द्रबहादुर खापुङहाङले बताउनुभएको छ ।

बन्दमा प्रेश, कुटनीतिक नियोगका गाडी, परीक्षार्थी बोकेको गाडी, एम्बुलेन्स, शब बाहान तथा मोटरसाइकलहरुलाई छुट दिने बताइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %