हङकङमा गुरुङ चलचित्र “युम्पो देउराली” अपार सफलता

Read Time:8 Minute, 44 Second
मुककाजी (काजी) गुरुङ

हङकङ-३०,जुलाई २०१६का दिन युनलोंगस्थित टाउन हलमा अभियान फिल्मस प्रोडक्शन प्रा.लि.को सातौं प्रस्तुति तथा यस बर्षको आदिबासी चलचित्र तर्फको राष्ट्रिय पुरस्कार जित्न सफल गुरुङ चलचित्र “युम्पो देउराली” हाउस फुलका साथ प्रदर्शन भएको छ ।
चलचित्र शुरु हुनु अगाडि छोटो औपचारिक कार्यक्रम गरिएको थियो । कार्यक्रमलाई पदम गुरुङले सञ्चालन गर्दै युम्पो देउरालीका लेखन, निर्देशक तथा निर्माता लगायत केही संघसंस्थाका अध्यक्षहरुलाई मञ्चमा आसिन गराएका थिए । मञ्चमा आसिन ब्यक्तित्वहरुमा बेद बहादुर गुरुङ (श्याम), त्रिलोक गुरुङ, दिलिप सिंह गुरुङ, युकेबाट आमन्त्रित मिलन तमु थिए । यसैगरि अन्य अतिथिहरुमा तमु ट्हो ह्युल हङकङका अध्यक्ष गणेश गुरुङ, तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष जितेन्द्र तमु, नेपालबाट आमन्त्रित गुरुङ भाषाको कार्यक्रम सञ्चालक तमु मैं तां का सञ्चालक तथा गुरुङ चलचित्र फ्रिसीका लेखन तथा निर्देशक र युम्पो देउराली चलचित्रका छायांकन युग गुरुङ, गुरुङ फिल्म एशोसिएशन हङकङका प्रतिनिधी तथा कोषाध्यक्ष रिश्ता गुरुङ, लमजुंग सेवा समाजका अध्यक्ष बिजय गुरुङ, तमु प्ये ल्हु संघ हङकङका सल्लाहकार क्याप्टेन चन्द्र बहादुर गुरुङ र अभियान फिल्मस प्रोडक्शन प्रा.लि.का पूर्व छायांकन तथा पा (रक्सी) गुरुङ चलचित्रका लेखन, निर्देशक तथा निर्माता जितमान गुरुङ थिए ।
कार्यक्रममा यस बर्षको आदिबासी चलचित्र तर्फको राष्ट्रिय पुरस्कार जित्न सफल भएको भन्दै तमु ट्हो ह्युल हङकङको तर्फबाट अध्यक्ष गणेश गुरुङ्ले अभियान फिल्मस प्रोडक्शन प्रा.लि.को सातौं प्रस्तुति युम्पो देउराली गुरुङ चलचित्रका लेखन तथा निर्देशक र निर्माताहरु बेद बहादुर गुरुङ (श्याम) (नेपाल), दिलिप सिंह गुरुङ (हङकङ), त्रिलोक गुरुङ (हङकङ) र युकेबाट आमन्त्रित मिलन तमुलाई खादा लगाई सामुहिक रुपमा प्रशंसा पत्र प्रदान गरे र गुरुङ्हरुको धर्म, संस्कार, संस्कृति तथा रितिरिवाज लाई संरक्षण तथा सम्बर्द्धन गर्ने हेत्तुले निर्माण गरेको हुंदा युम्पो देउराली गुरुङ चलचित्रले यस बर्षको आदिबासी चलचित्र तर्फको राष्ट्रिय पुरस्कार जित्न सफल भएको छ भन्दै आफ्नो राय ब्यक्त गरे । यसै प्रकारले अन्य गुरुङ चलचित्रहरु पनि यस्तै प्रकारले गुणस्तरीय खालको निर्माण गर्दै गएमा तमु ट्हो ह्युल हङकङले उक्त गुरुङ चलचित्रहरुलाई पनि सम्मान गरिने बताए । साथै अध्यक्ष गुरुङले यस बर्षको आदिबासी चलचित्र तर्फको राष्ट्रिय पुरस्कार जित्न सफल भएकोमा सम्पूर्ण युम्पो देउराली युनिटलाई हार्दिक बधाई तथा धन्यवाद ब्यक्त गरे ।
चलचित्रका लेखन, निर्देशक तथा निर्माता बेद बहादुर गुरुङ (श्याम)ले हङकङमा रहेका तमाम तमु दाजुभाई तथा गैर तमु दाजुभाईहरुले युम्पो देउराली चलचित्रलाई माया गरेर हङकङ जस्तो ब्यस्त शहरमा समयको बावजुत पनि चलचित्र हेर्न अाईदिनु भएकोमा आफ्नो ब्यक्तिगत तर्फबाट र सिंगो युम्पो देउराली युनिटको तर्फबाट हार्दिक आभार ब्यक्त गरे । यसैगरि बिबिध कारणले गर्दा अन्य बिभिन्न देशहरुमा प्रदर्शन गरेर मात्रै हङकङमा प्रदर्शन गर्न गईरहेको बताउंदै यस प्रति अन्यथा नसोंचिदिनको लागि पनि आग्रह गरे र बिगतमा जसरी अभियान फिल्मस प्रोडक्शन प्रा लि को चलचित्रहरुलाई हङकङको दर्शकहरुले माया दिनु भएको छ त्यसरी नै अभियान फिल्मसको सातौं प्रस्तुति युम्पो देउरालीलाई अझ धेरै माया गरिदिने छ भन्दै आशाबादी बने ।
गुरुङ चलचित्रको अग्रणी ब्यक्तित्व स्व लोक बहादुर गुरुङको अन्तिम सपना यस युम्पो देउराली गुरुङ चलचित्र गुरुङहरुको बाक्लो बस्ती कास्की जिल्लाको दाङ सिं गाबिस अन्तर्गत पर्ने सावेत गाउंमा छायांकन गरिएको हो । यसैगरि यस चलचित्रमा मायाप्रेम देखि लिएर दुर्गम गाउंमा पिउंने पानीको समस्या र गुरुङ्हरुको संस्कार तथा संस्कृति अन्तर्गत युम्पो देउराली (ढुंगे देउराली)को महत्वलाई बिशेष रुपमा समेटिएको छ ।
स्व लोक बहादुर गुरुङको अन्तिम कथामा आधारित उक्त चलचित्रमा बेद बहादुर गुरुङ (श्याम)को मुख्य निर्देशन रहेको छ भने राजेश गुरुङको सह-निर्देशन रहेको बताउंछन । यसैगरि स्व लोक बहादुर गुरुङ, बेद बहादुर गुरुङ (श्याम) र एकेन्द्र गुरुङको गीत रहेको छ ।
यस चलचित्रमा मुख्य कलाकारको रुपमा साजन गुरुङ र धन माया गुरुङ नायक तथा नायिकाको भूमिकामा देखा परेका छन भने अन्य कलाकारहरुमा लक्ष्मी गुरुङ, बल बहादुर गुरुङ, रुपादेवी गुरुङ, टिकाराम घले आदिले अभिनय गरेको देखिन्छ । यसैगरि लोटस स्टुडियोका सञ्चालक युग गुरुङले यस चलचित्रलाई छायांकन गरेको छ भने प्रबिन नेपालीले सम्पादन गरेको छ । यस चलचित्रका ङै नासारी लालुपाते गीत अत्याधिक दर्शकहरुको रोजाईमा परेका छन भने अन्य गीतहरु खो ङोलो रोधीर, क्याई ङ्ह्योले क्यों म्रोंबा र परदेशी माया पनि उत्तिकै लोकप्रिया बनेका छन ।
यस अभियान फिल्मस प्रोडक्शन प्रा.लि.को ब्यानरमा निर्मित उक्त चलचित्रलाई निर्देशक बेद बहादुर गुरुङ (श्याम) (नेपाल), दिलिप सिंह गुरुङ (हङकङ), त्रिलोक गुरुङ (हङकङ), एकेन्द्र गुरुङ (बेलायत), मिलन तमु (बेलायत), श्रीमती सिता गुरुङ (पोखरा), मुक्षेत्र गुरुङ (बेलायत), कमल गुरुङ (बेलायत), प्रेम काजी गुरुङ (अष्ट्रेलिया) र दिनेश गुरुङ (अष्ट्रेलिया) ले निर्माण गरेका हुन ।
चलचित्र प्रदर्शन पश्चात दर्शकहरुले चलचित्र राम्रो, उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन भने गुरुङहरुको ऐतिहासिक कथामा आधारित गुरुङ भाषाको चलचित्र भएकै आधारमा यस चलचित्र नेफ्टा अवार्डमा समेत आदिबासी चलचित्र तर्फको पुरस्कार जित्न सफल भए भने यस बर्ष पनि आदिबासी चलचित्र तर्फको राष्ट्रिय पुरस्कार जित्न सफल भएको अधिकांशको राय छ ।
 
 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %