साफ गेम्सका कास्य पदक बिजेता इन्द्र बहादुर मगरको देहवासन

Read Time:2 Minute, 52 Second

केहर सिं थापा मगर

ललितपुर, श्रावण १४—आठौं दक्षिण एसियाली खेलकुद (साफ गेम्स) मा कांस्यपदक जितेका बक्सर इन्द्र बहादुर मगरको गए राति ल.पु स्थित हरिसिद्धि नेपाल क्यान्सर हस्पिटलमा ४७ बर्षको उमेरमा निधन भएको छ ।

बाबु सोम बहादुर मगर र आमा नन्द माया मगरको कोख बाट साइलो छोराको रूपमा  बक्सर इन्द्र बहादुर मगर वि.सं.२०२७ साल असार २० गते आवु खैरेनी गा.वि.स.सत्र सयफाँट वडा नं. १, तनहुँ जिल्लामा जन्मेका थिए ।

उनी २०४६ सालमा नेपाल प्रहरीमा प्रवेश गरी १० वर्ष सम्मसेवा गरी स्वेच्छाले वि.सं. २०५६ सालमा सेवाबाट अवकाश प्राप्त गरेका थिए । २०५१ सालमा महेन्द्रनगरमा र २०५३ सालमा भएको  राष्ट्रिय  बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जित्न  सफल भएको उनी काठमाडौंमा भएको आठौं साफ गेम्स सन् १९९९, वाईएमसीए इन्टरनेसनल बक्सिङ च्याम्पियनसिप (दिल्ली)९९७० र मेयर्स कप मनिला १९९८ मा कांस्य हात पारेका थिए ।

वि.सं.२०५५ सालमा गोर्खा दक्षिण वाहु (चौथों)ले सम्मानित भएका उनी सन् १९९२ देखि १९९९ सम्म ११ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए र सिड्नी ओलम्पिकको छनोटमा सहभागी हुन दक्षिण कोरिया पुगेका थिए ।

मृतक इन्द्र बहादुरका एक श्रीमती दिल कुमारी थापा, १३ वर्षीय एक छोरा आयुस  र एक छोरी ऐश्र्वया रहेका छन् ।

निजको पार्थिव शरीरलाई हार्दिक श्रद्धाञ्जली दिन नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका केन्द्रीय अध्यक्ष हुम बहादुर थापा मगर र नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ ललितपुरका जिल्ला सदस्य राजु थापा मगर हिजै गए राति ल पु स्थित हरिसिद्धि नेपाल क्यान्सर हस्पिटलमा  १० बजे पुगेका थिए ।

निजको पार्थिब शरीर लार्इ त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा राष्ट्रिय झण्डाले सम्मान गर्ने र हार्दिक श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको अखिल फुटबल संघका अध्यक्ष रामआवाले राज्यसत्ता डट कमलाई जानकारी दिए । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %