लोकगीत गाउदा हासि दिए : साक्थिम योङया

भैरब आङला

धरान पुर्वी नेपालको हाङगुुम पान्थरमा जन्मिएर हङकङलाई कर्म थलो बनाएका गायक तथा संगितकार साक्थिम योङया यो पटक नेपाल आउदा एउटा गीतको म्युजिक भिडियो निर्माण गरेर फर्के । उनी हरेक पटक छुट्टीमा नेपाल आउछन् एउटा न एउटा गीत संगितको क्षेत्रमा केही न केही गरेरै फर्किने गरेका छन् । देउकुमार योङया र गंगादेवी नेम्वाङ योङयाको कोखवाट जन्मिएका साक्थिम योङया सानै देखि गीत संगित भने पछि भुत्तुक्कै हुने गर्दथे ।
धनकुटाको चौविस थुममा अनौपचारिक शिक्षा सुरु गरेका योङया पछिल्लो समय सात वर्ष यता हङकङमा वस्दै आएका छन् । हङकङमा कर्मथलो बनाएर पनि नेपालमा केही गर्ने सोचका साथ अघि वढेका योङयाले गीत संगितवाट कमाएको पैसा नेपालको विभिन्न विद्यालय र अनाथलयलाई दिदै आएका छन् । बाल मनोमष्तिष्कमा रेडियोको गीत सुनेर रेडियो भित्र आफु पनि छिरेर गीत गाउने आफनो रहरलाई यो क्षेत्रमा आए पछि केही पुरा भएको बताउने योङयाले अहिले सम्म लिम्वू नेपाली गरी दुई दर्जन जति गीतमा स्वर दिईसकेका छन् भने उनले संगित पनि गर्छन ।
१५ वर्षको उमेरमा धरान झर्दा धरानका गल्ली चौकहरुमा गिटार लिएर गीत गाउदै वसेका युवाहरुलाई देखेर झन आफुमा संगितको मोह वढेको उनी वताउछन् । विस्तारै ती युवाहरु संग संगत गर्नेक्रममा आफु पनि गीत गाउदा आधुनिक पप गित वुझेका ति युवाहरुले आफुले लोक गित गाउदा हासेर उडाएको कहिल्यै नभुल्ने बताउने योङयाले लिम्वू भाषाको गीत रेर्कड गरेर सांगितिक क्षेत्रमा पाईला बढाए ।
२०६२ साल देखि गीत संगितमा लागेका साक्थिम योङयाले हङकङबाट नेपाल आउदा कुनै न कुनै नया काम गरेरै फर्किने गरेको उनका चिनारुहरु बताउछन् । हङकङमा स परिवार वसोवास गर्दे आएका योङयाले हङकङको व्यस्तता पछि आफनो स्वास्थ्य परिक्षणको क्रममा नेपाल आउदा नेपाली तथा लिम्वू गित
संगितमा विभिन्न कामहरु गरेर फर्किने गरेका छन् । यस पटक नेपाल आउदा हङकङमै रेर्कड गरिएको ईशा लावतीको शव्दमा गायिका सीता सिंगकले गाएको गीतको गायक चन्द्र मान लिम्वूको म्युजिक भिडियो तयार पारेर फर्किए ।
यसरी हरेक पल्ट नेपाल आउदा यस्तो सृर्जनसिल काम गर्दे फर्किनुहुदोरहेछनी भन्ने सवालमा योङयाले भने थोरै छुट्टीमा यस्तो काम गर्ने रुचि भन्दा अहिले आएर बाध्यता भएको छ । यसो नर्गदा नया के छ ? भनेर सवैले सोध्ने गरेकोले पनि गीत संगितको क्षेत्रमा केही न केही गर्ने प्रयास गरेको आफनो धारणा राख्छन् । हङकङमा रहने आम नेपालीहरु अति व्यस्त हुन्छन् त्यो भिडमा म पनि एक हु । तर पनि साप्ताहिक केही कार्यक्रमहरु हुन्छन् रहर र प्रतिभालाई व्यस्तताले छेक्न सक्दैन भन्थे त्यस्तै भएर पनि यो क्षेत्रमा म अगाडी वढीरहेको छु योङयाले भने । गीत संगितको क्षेत्र भनेको कला र गलाले मात्रै हुदैन यहा पैसा चाहिन्छ त्यसैले यो क्षेत्रमा कडा प्रतिष्प्रधा हुने उनको अनुभव छ ।
यो क्षेत्रमा हुने दह्रो प्रतिष्प्रधाका कारण अव आउने नया युवा पुस्ताहरुलाई केही सिकेर जानेर मात्रै आउन अनुरोध पनि उनी गर्छन् । साक्थिम योङया नेपाली गीत संगितमा एउटा संघर्ष गर्ने युवा हो । यो क्षेत्रवाट केही न केही गर्ने सोच लिएर अघि वढेको छु । यही क्षेत्रवाट केही पैसा कमाएकोले मेरो सपना नेपालका विद्यालय र अनाथलयलाई सहयोग हुने उनी बताउछन् । हङकङमा रहेर स्वदेशको माया गर्ने साक्थिम योङयालाई शुभकामना