राज्यत्ता,
काठमाण्डौं,श्रावण १२-मगर लगायत नेपालका आदिवासी जनजाति,उत्पीडित वर्ग नेपाली जनतालाई दुख्दा गोरेबहादुर खपाङ्गी लड्नु भएको थियो तर अहिले उहाँ लाई दुख्दा मुटुको मन हुनेहरुले सहयोग गर्ने कि नगर्ने ?
{youtube}https://youtu.be/gN_YCsAxVeg{/youtube}
अध्यक्ष रोका मगरले भन्नुभयो नेपाल सरकारले खपाङ्गीको समकक्षी विरामी पूर्वमन्त्रीहरुलाई आजीवन उपचार खर्च व्यहोरेको छ तर पूर्व मन्त्री गोरेबहादुर खपाङ्गी जनजाति नेता भएको कारणले वेवस्ता गरीएको हो । यसले के देखाउछ भने नेपालमा वर्गीय भन्दा जातीय विभेद रहेको छ । यसको वेलैमा सम्वोधन नभए भोलि चाहेर वा नचाहेर आन्दोलन तथा लडाई हुनेछ ।
नेपाल सरकारले खपाङ्गीको उपचारको लागि चासो नराखेपनि देश विदेशमा रहेका मगर तथा जनजातिहरुले समयमा सक्दो आर्थिक सहयोग गर्ने नसक्नेले आवजले सहयोग गरौं भनी रोका मगरले आग्रह गरेका थिए ।
गोरेबहादुर खपाँगी फाउन्डेसन मार्फत मगर संघ कतारले रू २५ हजार र अस्ट्रेलिया बाट ब्यक्तिगत रू १० हजार सहयोग गर्नु हुने रूद्र थापा मगरको रकम हस्तान्त्ररण गर्न रोका मगर खपाँगी निवास पुगेका थिए ।