जति माया लाए पनि,जती कसम खाए पनि – सरिता शाही अरुणको गीतमा (भिडियोमा)

Read Time:2 Minute, 11 Second

राज्यसत्ता,

काठमाडौ,अषाढ १० – २०७३ साउन ७ गते सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा वरिष्ठ गायक अरुण थापाको १७ औं स्मृति दिवसमा सरिता शाहीले ” जति माया लाए पनि, जति कसम खाए पनि निश्ठुरीले ……. ” गीत गाएकी थिइन ।

नेपाल सरकारबाट गरीएको यो पहिलो कार्यक्रममा नेपालमा नाम चलेका  मुर्धुन्य कलाकारहरुको जमघट भएको थियो ।

संस्थान र शुभारम्भ द म्यूजिकल जर्नीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वरिष्ठ गीतकार तथा चलचित्रकर्मी चेतन कार्की,  वरिष्ठ गायक तथा संगीतकाजगतमर्दन थापा, मानव अधिकार आयोगका प्रवक्ता मोना अन्सारी, वरिष्ठ गीतकार सुवास चन्द्र ढुंगेल, संस्थानका महाप्रवन्धक राजेश थापा मगर, लोक सेवा आयोगका उपसचिव सुर्यनाथ कोईराला, केशव पाठक, वसन्त क्षेत्री लगायत वरिष्ठ गायक, गीतकार तथा संगीतकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि चेतन कार्की र विशिष्ट अतिथि जगत मर्दन थापाले संयुक्त रुपमा पानसमा दियो बालेर गरेका  थिए ।

प्रकाश सायमी तथा शैलेस सिंहको संयोजन रहेको उक्त कार्यक्रमको संचालन प्रकाश सायमीले गरेका थिए । संस्थानका महाप्रवन्धक राजेश थापा मगरको सभापतिमा कार्यक्रम भएको थियो । थापा मगरले  सांस्कृतिक संस्थान संधै गुल्जार होस भन्दै आफ्नो छोटो मन्तव्य राखेका थिए । 

{youtube}https://youtu.be/X97pAf6BLmQ{/youtube}

गायक अरुण थापा श्रद्घाञ्जलि कार्यक्रममा मुर्धन्य कलाकारहरुको जमघट

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %