कमल चौधरी
बुटवल,श्रावण ७-बौद्ध धर्मालम्बीहरुको महान पर्व त्रैमासिक वर्षावास कार्यक्रम २०७३ अन्तर्राष्ट्रिय बौद्ध परियत्ति उदय विहार तिलोत्तमा –४ डिङ्गरनगर रुपन्देहीमा सुरु भएको छ ।
तीन महिन सम्मा चल्ने उक्त त्रैमासिक वर्षावास कार्यक्रम श्रावण ४ गते देखि असोज २९ गते सम्म चल्ने अयोजक समितिले जनकारी दिएको छ । गुरु पुर्णिमाको अवसर परेर समुद्घाटन भएको उक्त वर्षाबास कार्यक्रममा अन्तर्राष्ट्रिय वौद्ध परियत्ति उदय विहारको वरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर मोक्तानको अध्यक्षता, रुपन्देही जिल्ला प्रशासन कार्यलय प्रमुख विष्णु प्रसाद ढकालको प्रमुख अतिथ्यता र तिलोत्तमा नगर प्रमुख टिकाराम ज्ञावालीको विशिष्ट अतिथ्यता रहेको थियो । कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि ढकालले पनसमा बत्ति बालेर उद्घाटन गर्नुभएको हो ।
सथौ उक्त त्रैमासिक बर्षवास कार्यक्रममा शुःख शान्ति उदय विहार चपरहट्टीका भन्ते सागर धम्म, उदय विहारका पूर्व अध्यक्ष सुर्जेलाल गुरुङ्ग, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्ग, नेपाल मगर संघ जिल्ला कार्य समिति रुपन्देहीका (का.वा) अध्यक्ष गिता सारु, नेपाल मगर बौद्ध सेवा समाज रुपन्देहीका अध्यक्ष पार्वती घर्तीमगर, वरिष्ठ समाजसेवी विमल बहादुर शाक्य र सल्लाहकार महेश राना लगायतले बोल्नु भएको थियो ।
के हो थेरवाद बौद्धको ज्ञान, उपदेशलाई अध्यायन गरी व्यवहारमा लागुगर्ने शिक्षा नै थेरवाद हो । थेरवाद परम्परा अनुसार त्रैमासिक बर्षावास विशेषगरी श्रवाण, भदौ, असोज, तीन महिना बस्नु पर्दछ ।
वर्षावास किन ?
बर्षायाममा शुरुहुने र बर्षाको कारण चारैतिर पानीले गर्दा र जामिन भित्रका जिवहरु र किराहरु जमिन बाहिर निस्कने हुदाँ बाहिर हिड्डुल गर्न, बस्न र भिक्षाटान गर्न अशुरक्षित र समय अनुकुल नमिल्ने हुदाँ भिक्षुँहरु र गुरुआमाहरु विहार भित्र तीन माहिन बर्षावास बस्ने प्रचलन आएको छ । भन्ते सागर धम्मले भन्नुभयोे–“धर्म देशना गर्ने क्रममा बौद्ध धर्म र बौद्ध शिक्षा कुनै एक , जाति , सम्प्रदाय र देशको मात्र नभएर विश्वकै शान्ति प्रेमीहरुको हुन्छ ।” उहाँले थेरवाद बुद्ध धर्मलाई र उपदेशहरुलाई हामी सवैले व्यवहारमा लागु गर्न सकेमा समस्त मानिसहरुलाई मात्र हैन प्राणीहरुलाई समेत प्रत्यक्ष लाभ हुने जनकारी दिनुयभो । संसारमा जाति बुद्धिमानी धानि र शक्तिशाली व्यक्ति भएपनि अन्तमा थेरवाद बुद्ध शिक्षा र व्यवहारलाई बझ्न नसक्ने व्यक्तिको जिवन सुःख शान्ति नहुने उहाँको भनाईरहेको छ । “आज विश्वामा भएको लडाई झगडा हत्या र हिंसाका घटनाहरु दिनप्रतीदिन वढिरहेको छ । नेपालमा पनि यस्ता घटनाहरुले बुद्ध जान्मिएको देशलाई प्रत्यक्ष असर पारी रहेकोछ ।” शुख शान्ति उदय विहार चपरहट्टीका भन्ते सागर धम्म बताउँनुहुन्छ ।
उक्त समुद्घन कार्यक्रम संयोजक तथा कार्य समितिका उपाध्यक्ष जगत् सिंह गुरुङ्गको स्वागत अन्तराष्ट्रिय बौद्ध परियत्ति युवा संघका अध्यक्ष कमल थापाको संचालन रहेको थियो भने अन्तर्राष्ट्रिय बौद्ध परियत्ति उदय विहारका महासचिव याम बहादुर थापा मगरले सहजिकरण गर्नु भएको थियो ।