पन्चेबाजा सम्रक्षणमा जुट्दै बाग्लुंग अमरभूमिका मगरहरु

Read Time:3 Minute, 29 Second

माया घले मगर

परम्परागत रुपमा परियार समुदायले बजाउँदै आएको नौमती (पञ्चे) बाजा लोप हुँदै गएपछि बागलुङको अभरभुमीका मगर समुदाय त्यसको संरक्षणमा जुटेका छन् ।

परियार समुदायका बृद्धहरुले मात्र यो पेशा गर्दै आएको तर युवाहरुले यसतर्फ ध्यान अलि कम हुँदा लोप हुने अवस्था देखेपछि मगर समुदाय यसको संरक्षणमा लागेका हुन् ।

जिल्लाको अमरभुमि गाविस वडा नं १ का स्थानियहरु शिवलेकाली पञ्चे बाजा समुह गठन गरी पञ्चेबाजालाई व्यवसायीक रुपमा समेत अगाडि बढाएका छन् । गाउँ घरमा हुने विवाह, ब्रतबन्धदेखि लिएर अन्य कार्यक्रमहरुमा समेत पञ्चेबाजाको माग हुने गरेको भएपनि परियार समुदायले यो पेशालाई व्यवसायीक रुपमा अगाडि बढाउँन नसक्दा बाजा लोप हुने अवस्थामा पुगेका छन ।

विवाहका लागि अनिवार्य बाजाको रुपमा रहेको पञ्चेबाजा अहिले खोजेर पनि नपाइने अवस्था सिर्जना भएपछि आफूहरु यसको संरक्षणमा लागेको समुहका संयोजक कर्ण बहादुर पुनले बताए । पुनले भने मेरो नेतृत्वमा पञ्चेबाजा समुह गठन गरी गाउँमा पर्ने विवाह, समारोहहरुमा व्यवसायीक रुपमा आफूहरु लागि परेका छौ ।

 करिब १ लाख बराबरमा बाजा खरीद गरी २०७१ साल देखी व्यवसायिक रुपमा शुरुवात गरेको समुह हाल जिल्लाका विभिन्न स्थान लगायत पर्वत म्याग्दी र पोखरामा समेत जाने गरेको समुहका सदस्य बमबहादुर घर्तिमगरले बताए । उनिहरुले बाजा बजाएर उठाएको रकम बाजा व्यवस्थापन लगायत अन्य सामाजिक क्षेत्र मा पनि सहयोग गर्ने गरेको बताउँछन । करिब एक महिना लगाएर बजा बजाउन सिके पश्चात आफ्नो घरयासी कामको साथमा यो पेशालाई अँगालेका हुन ।

‘कयौ युवाहरु बैदेशिक रोजगारीमा गएर पनि सफलता हासिल गर्न नसकेको अवस्थामा उनीहरु गाउँकै संस्कृति संरक्षणमा लागेका छन् ।’ गाविस सचिव खडक थापाले भने आफ्नै गाउँमा बसी संस्कृति संरक्षणमा जुटनु भनेको एक दमै सरणीय काम रहेको छ । मगर समुदायले लोप हुने लागेको संस्कृतिलाई संरक्षण गर्न लाग्नु स्वागत योग्य कुरा रहेको स्थानियहरु बताउँछन । नेपालको परम्परागत संगीतलाई सुगम संगीतको आगमनले केही ओझेलमा पारेकाले परम्परागत पञ्चेबाजा संरक्षणका लागि सरकारले ध्यान दिनुपर्नेमा सबैको जोड रहेको छ ।

पञ्चेबाजा संरक्षणका लागि परम्परागत रुपमा सक्रिय समुदायलाई पनि व्यवसायीक रुपमा लाग्न प्रेरित गर्न सकेमा संस्कृति संरक्षणमा अझै टेवा पुग्ने थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %