कृष्ण सारू मगर
फुजैराह(यूएई), जुलाई -२० पाल्पाली समाज युएईको क्षेत्रिय समितिले बेद प्रसाद अर्यालको प्रमुख आतिथ्यमा १७ जुलाईका दिन क्षेत्रीय समिती फुजैराहका अध्यक्ष इन्द्र बहादुर घर्ति मगरको सभापतित्वमा प्रथम बार्षिक भेला सम्पन्न गरेको छ ।
समाजका का।बा।सचिव खुम बहादुर सुर्यवंशी मगरले वार्षिक प्रगति विवरण प्रस्तुत रहेको थियो आर्थिक प्रतिवेदनलाई सह(कोषाध्यक्ष रिखुराम सुर्यवंशी मगरले सार्वजनिक गरेको हो ।
निकै उत्साहका साथ सहभागीता रहेको वार्षिक भेलालाई संवोधन गर्दै प्रमुख अतिथि अर्यालले भन्नु भयो ूआवश्यकता सीप र ज्ञान १ पाल्पाली समाजको अभियान ११ू भन्ने लक्ष लिई स्थापित केन्द्रीय समितिले आजको बालबालिका भविष्यमा राष्ट्रको कर्णधार शक्ति हुन् भन्ने उद्धेश्यका पाल्पाको तीन वटै क्षेत्रमा गरिब तथा जेहेन्दार विधार्थीलाई अक्षकोषका लागि सह्योग पुर्याउने हेतुले अभियान संचालनमा रहेको बारेमा जानकारी गराउँदै शुभकामना दिनु भएको थियो ।
मन्तब्यको क्रममा विशेष अतिथिहरू बिरेन्द्र, अतिथी शेर बहादुर सुनार, विमल विश्वकर्मा, कृष्ण गिरी, पदम कार्की अगायत अन्य विशिष्ट ब्यातित्वहरूले आ(आफ्नो धारणा राख्दै शुभकामना दिएका थिए ।
अहिले सम्म समाजले गरेका विभिन्न कार्ययोजनाका बारेमा जानकारी गराउँदै सभाअध्यक्ष मगरले भने, पाल्पाली समाज युएईले स्थापनाको छोटो समयमै आफ्नो जिल्लामा भएका थुप्रै उदारणीय कार्यमा प्रतक्ष वा अप्रतक्ष सह्योग पुर्याउनु हुने सम्पूर्ण समाजसेवीमा ब्यातिगत तथा समाजको तर्फ बाट विशेष आभार प्रकट समेत गरेका उनले थप्दै भने सबैको एकताले यो संभब भएको हो आगामी दिनहरूमा अझ फराकिलो बनाउँदै लैजाने भन्दै औपचारिक कार्यक्रम समापन गर्नु भएको थियो ।
शारदा प्रसाद भुसालको स्वागत तथा अमित बिक।को संचालनमा कार्यक्रम संपन्न गरेको छ ।