देब पचभैया
काठमाण्डौ, श्रावण ३ – मगर संघ ,युकेले प्रकाशन गरेको कानुङ लाङ्घा (हाम्रो गाउ ) सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुन र सभामुख ओनसरी घर्ती मगरलाई हस्तान्तरण गरेको छ ।
मगर संघ युकेका ३ सल्लाहकार सरिता थापा (पुलामी) हुमबहादुर थापा (पचभैया ) , कुमार राना त्यस्तै मगर पत्रकार संघका केन्द्रिय महासचिब देब पचभैया, गोरेबहादुर खपाङ्गी फाउण्डेशनका उपाध्यक्ष रुद्र गुर्माछान लगाएतको टोलीले कार्यकक्षमै पुगेर उपराष्ट्रपति पुन मगरलाई मुख पत्र हस्तान्तरण गरेको हो । कार्यक्रममा उपराष्ट्रपतिका स्वकिय सचिब सुक बहादुर रोका मगर र प्रेस सल्लाहकार मनोज घर्ती मगरको पनि सहभागीता थियो ।
मुखपत्र हस्तान्तरण कार्यक्रम पछि उपराष्ट्रपति पुनलाई मगर संघ युकेका सल्लाहकारहरुले युकेमा समग्र नेपालीहरुको अवस्था, मगर संघको कृयाकलाप लगाएतको बारेमा जानकारी गराउनुभएको थियो । उपराष्ट्रपति पुनलाई भेट गरेपछि सोही टोलीले सभामुख ओनसरी घर्तीलाई पनि मगर संघ युकेको मुख पत्र हस्तान्तरण गरेको थियो । सभामुखको निवासमै पुगेर कानुङ लाङ्घा (हाम्रो गाउ) हस्तान्तरण गरेको हो ।
कार्यक्रममा सभामुख घर्ती मगरले युकेमा रहेका गोर्खालीहरुले उठाएका जायज माग संबोधनका लागी आफुले सक्रिय भुमिका निर्वाह गरिरहेको जानकारी दिनुभयो । आफुले परराष्ट्रमन्त्री, संबिधानका ज्ञाता लगाएत संग संयुक्त बैठक गरी समस्या समाधानको लागी प्रयत्न गरेको सभामुख घर्ती मगरको भनाई थियो ।
मगर संघ, युकेले प्रकाशन गरेको कानुङ लाङ्घामा अढाई सय बर्षपछिको उपलब्धी सिर्षकमा उपराष्ट्रपति नन्द बहादुर पुन र सभामुख ओनसरी घर्ती मगरको आवरण स्टोरी छापिएको छ ।