देब पचभैया
का ठमाण्डौ, श्रावण ३- मोटरसाईकलको ठक्कर बाट गंभिर घाईते भई हाल सम्म उपचार गराईरहनुभएका दार्शनिक एबं पुर्ब मन्त्री नेता गोरेबहादुर खपाङ्गीको स्वास्थ्य उपचारमा सहयोग गरिदिन गोरेबहादुर खपाङ्गी फाउण्डेशन, मगर संघ र गोरे बहादुरका परिवारले सरकार संग आग्रह गरेका छन् ।
नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगर, गोरे बहादुर फाउण्डेशनका अध्यक्ष हुमबहादुर थापा (पचभैया )मगर उपाध्यक्ष रुद्र गुर्माछान, गोरे बहादुरका धर्मपत्नी बिध्या खपाङ्गी लगाएतको टोलीले प्रधानमन्त्री केपी वलीलाई निवासमै गएर सहयोगका लागी आग्रह गरेको छ ।
बिज्ञान तथा प्रबिधि मन्त्री शिवलाल थापा मगरको साथमा प्रधानमन्त्री निवास पुगेर सहयोगका लागी आग्रह गरिएको फाउण्डेशनका अध्यक्ष थापाले जानकारी दिनुभयो । आफुहरुको आग्रहमा प्रधान मन्त्री वलीले मन्त्रीपरिषदको बैठकमा यसको बारेमा छलफल गरिने जानकारी दिनुभयो ।
प्रधानमन्त्रीसंगको भेटपछि गोरेबहादुर फाउण्डेशनका अध्यक्ष हुम बहादुर थापाको नेतृत्वमा उपराष्ट्रपति नन्द बहादुर पुन र सभामुख ओनसरी घर्ती मगर लाई भेटेर खपाङ्गीको पछिल्लो अवस्थाको बारेमा यथार्थ जानकारी गराई सहयोगका लागी पहल गरिदिन आग्रह गरेका छन् ।