उधेली एवं साउने सक्राई पर्व भब्य रुपमा सम्पन्न(फोटो फिचर सहित)

Read Time:6 Minute, 34 Second

दिपा आले मगर

काठमाण्डौ , साउन १ – मगर समुदायको मुख्य चाड भित्र पर्ने उधेली एवं साउने संकराई पर्व शनिबार सहिद स्मारक पार्क थानकोटमा भब्य रुपमा मनाए ।

  प्रत्येक वर्ष साउन १ गते मनाईने  उधेली पर्वलाई मगर समुदायले रितु परिवर्तनको रुपमा मनाउंदै आइरहेका छन् अथार मगरात मगर प्रष्ठिानको आयोजनामा भएको कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समितिका नव निर्वाचित अध्यक्ष नविन रोका मगरले प्रकृतिलाई पुजा गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो । अध्यक्ष रोका मगर कार्यक्रममा बोल्दै उधेली एवं साउने सक्राई पर्वको शुभअवसरमा सम्पूर्ण नेपालीजनहरुलाई शुभकामना व्यक्त गर्नु भयो । उहांले मगर समुदायको संस्कृतिलाई मगर जातीको पहिचान र अस्त्तिव भन्दै पुर्खाले संरक्षण गरेको ईतिहासलाई जोगाएर राख्नु पर्ने बताउनु भयो ।

  उहांले मगर समुदायको संस्कृति पर्वहरुलाई राज्यले संरक्षण नगरे दवावमा उर्तिने बताउनु भयो । देश र विदेशमा छरिएर रहेका मगर समुदायका पहिचानलाई युवा पुस्ताहरुले संरक्षण गर्दै राज्यले संस्थागत गर्नु पर्ने धारणा राख्नु भयो । अध्यक्ष रोकामगरले विशेष गरी पश्क्षिम भेगमा बसोबास गर्ने रुकुम, रोल्पाका मगरहरुले यो पर्व मनाउंदै आएको बताउनु भयो ।  कार्यक्रममा मगर समुदायका विशिष्ठ व्यक्तित्वहरुको सहभागीता रहेको थियो । त्यसैगरी कार्यक्रम विभिन्न क्षेत्रमा योगदान पुराउन सफल भारतमा जारी १२औं साग खेलकुदमा नेपालले पहिलो स्वर्णपदक प्राप्त गर्न सफल उसु खेलाडी निमा घर्ती मगर र संस्कृति सरक्षणमा योगदान पुराए वापत तिर्थराज मुकारुम राई लाई सम्मान गरेको हो  । 

  साथै मगर संघका नवनिर्वाचित कार्यसमितिलाई विभिन्न भातृ संस्थाहरुले कार्यक्रममा दोसल्ला सहित सम्मान तथा शुभकामना प्रदान गरिएको थियो ।   साउने संकराई पर्वमा मगर समुदायले  बाली नष्ट गर्ने विभिन्न किराहरुको प्रतिक बनाएर प्रकृतिलाई पुजा गरी बनाउने मिठोको परिकार प्रतियोगिता प्रतिश्पर्धा गरिएको थियो । 

 

 

 

 

  उक्त प्रतिश्पर्धा कार्यक्रममा पहिलो प्रार्वती बुढामगर, दोस्रो मनमाया घर्तिमगर, तेस्रो त्रिपना बुढामगर, सानतोना सिर्जना घर्तिमगर, रसीता थापामगरले  प्रतियोगितामा पुरस्कार प्राप्त गरे । प्रतियोगितामा अन्य सहभागीहरुको पनि प्रतिस्पर्धा  रहेको थियो । पहिलो दोस्रो तेस्रो र सानतिना पुस्कार समेत वितरण गरिएको प्रष्ठिानका अध्यक्ष बम कुमारी बुढामगरले जानकारी दिनु भयो ।

प्रष्ठिानका अध्यक्ष बम कुमारी बुढामगरका अनुसार उधेली पर्व मनाउनुको कारण रितु परिवर्तनको अवसरमा नाचगान गर्ने, बाली खाने किराहरुलाई नास होस् भनेर पिठोले किराको प्रतिक बनाएर पुजा गर्ने चलन रहेकोजानकारी दिनु भयो । श्रावण १ गते देखि ६ महिनासम्म सोरटी, मारुनी, सिंगारु, कुरु, सुगै, जोरा, डांफे, घाटु, नसारु, जोकी लगायतको गीत गाई नृत्य गर्ने र ६ महिनासम्म नाच्न गाउन सकिने यो पर्वको मुख्य उद्देश्य रहेको भन्दै आजै बाट नाचगान सुरु गरिएको बताउनु भयो ।

  कार्यक्रममा  मगर नृत्य प्रस्तुत गर्दै विभिन्न खेलहरु समेत खेलेको थियो । उधेली पर्वकै दिन मानिसहरुलाई रोग नलगोस भनेर आजकै दिन प्रकृतिको पुजा गरी लुतो समेत फ्याकियो । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष बम कुमारी बुढामगरको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन माया पुन मगरले गर्नु भएको थियो भने कार्यक्रमको स्वागत नेपाल मगर विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दिपा आलेमगरले गर्नु भएको हो ।

  उधेली एवं साउने संकराई पर्वलाई भब्य रुपमा सफल पार्न ८ वटै संस्थाहरु  अथार मगरात मगर प्रष्ठिान, रोल्पा जलजला सेवा समिति,रोल्पा काठमाडौं सम्पर्क समिति,नेपाल मगर महिला संघ ललितपुर, नपाल मगर महिला काठमाडौं, नेपाल मगर सांस्कृति संघ रोल्पा, नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समिति , नेपाल मगर संघ केन्द्रीय समितिको सक्रिय भूमिका थियो । प्रष्ठिानका अध्यक्ष बम कुमारी बुढामगरले उधेली पर्वलाई सफल पार्न योगदान दिएको भन्दै ८ वटा संस्थालाई कदर पत्र सहित खादा लगाएर सम्मान पत्र सहित प्रेरणा र हौसला प्रदान गरेको थियो ।

साउने संक्राई पर्व मनाउन उपत्यका भित्रका मात्र नभई देशका विभिन्न जिल्लाबाट सहभागीहरु पार्कमा आएका थिए । साउनको झरीलाई वेवास्ता गर्दै कार्यक्रममा आएर नाचगान गरेर उधेली पर्व मनाउंदै एक अर्कालाई शुभकामना आदानप्रदान गरेका थिए । मगर समुदायका युवायुवतीहरु आ आफ्ना भेषभुषामा सजिएर आएका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %