खपाङ्गी फाउण्डेशन द्धारा सहयोगको समन्वयकारी भुमिका खेलिदिन मगर संघलाई आग्रह

Read Time:3 Minute, 18 Second

राज्यसत्ता

काठमाण्डौ, श्रावण २-गोरे बहादुर खपाङ्गी फाउण्डेशनले सहयोगको समन्वयकारी भुमिका खेलिदिन नेपाल मगर संघ लगाएत सबै संघ सस्थालाई आब्हान गरेको छ ।  फाउण्डेशनका अध्यक्ष हुम बहादुर थापा (पचभैया ) को अध्यक्षतामा काठमाण्डौ सुनधारमा बसेको बैठकले नेपाल मगर संघलाई फाउण्डेशनका सम्पुर्ण कामकारबाहीको बारेमा जानकारी गराई सहयोगका लागी सबै संघ सस्था एबं भातृ संस्थालाई आब्हान गरिदिन आग्रह गर्ने निर्णय भएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

मोटर साईकलको ठक्करबाट घाईते भई अर्धचेत अवस्थामा रहनुभएका जनजातिका अगुवा खपाङ्गीलाई फाउण्डेशनको तर्फबाट औषधी खर्चका लागी मासिक ७ हजार प्रदान गरिरहेको छ । सस्थाका साधारण सदस्य, आजिवन सदस्य , संरक्षक लगाएत देश बिदेशमा रहनुभएका सुभचिन्तकहरु बाट प्राप्त सहयोगको ब्याज , आम्दानी भएको रकम बाट खपाङ्गीलाई मासिक सहयोग गरिएको फाउण्डेशनका कोषाध्यक्ष केबी रानाले जानकारी दिनुभयो । फाउण्डेशनको साधारण सदस्यको लागी ५ सय, आजिवन सदस्यको लागी १० हजार र संरक्षकको लागी २५ हजार शुल्क निर्धारण गरिएको रानाको भनाई छ ।

  बैठकले गोरे बहादुर खपाङ्गीका बारेमा पुराना फोटो, अडियो, भिडियो वा उहा सम्बन्धीत कुनै पनि सामाग्री छन् भने फाउण्डेशनलाई उपलब्ध गराई सहयोग गर्न पत्रकार, संञ्चार गृह लगाएत आम नागरिक संग आग्रह पनि गरेको छ । खपाङ्गीका बारेमा एैतिहाशिक दस्ताबेज निर्माण गरी सुरक्षित बनाउन उहाका पुराना रेकर्ड संकलन गर्ने अभियान शुरु गरिएको उपाध्यक्ष रुद्र गुर्मछानले जानकारी दिनुभयो । फाउण्डेशन र खपाङ्गीका बारेमा सम्पुर्ण जानकारी Khapangi.org.np  मा हेर्न सकिने फाउण्डेशनका सचिब भावेश भुमरीले जानकारी दिनुभयो ।

गोरे बहादुर खपाङ्गीको स्वास्थ्यमा पछिल्लो समयमा झन जटिलता आएकाले मासिक रकम बाहेक तत्काल ३२ हजार सहयोग गरिएको फाउण्डेशनका सदस्य गंगा खासुले जानकारी दिनुभयो । खपाङ्गीलार्इ श्रावण १ गते अचानक स्वास्थ्य बिग्रे पछि बासवारी स्थित न्यूरो हस्पिटलको आकस्मिक कक्षमा भर्ना गरि उपचार पश्चात घर फर्काइएको थियो । अहिले खपाङ्गीको स्वास्थ्य अवस्था सामान्य रहेको परिवारीक श्रोतले बतायो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %