खस आर्यको मात्र एकल जातिय राज्य निर्माणका कारण देशले निकाश पाउन सकेन ।
हुमबहादुर पचभैया मगर
काठमाडौँ , श्रावण १ – नया संबिधानमा मगरहरुको सवाल, अधिकार सम्पन्न एकीकृत मगरात प्राप्ति र मगर समुदायको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको सवालमा केन्द्रित रहेर नेपाल मगर संघ केन्द्रिय समितिले आयोजना गरेको एक दिवसीय मगरात गोष्ठी २०७३ असार २८ गते जावलाखेलमा सम्पन्न भएको छ ।
नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नबिन रोकामगरको अध्यक्षता, संघको बरिस्ठ उपाध्यक्ष गुरुप्रसाद घर्तीमगरको स्वागत र संघको महासचिव ज्ञानेन्द्र पुनमगरको संचालनमा चलेको कार्यक्रममा प्रा. डा कृष्ण हाथेछु, समाजसास्त्री झकेन्द्र घर्तिमगर, अधिवक्ता तेजेन्द्र थापामगर ले विभिन्न बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
हेर्नुहोस भिडियो
{youtube}https://youtu.be/rxfdVHcvMQE{/youtube}