देब पचभैया
काठमाडौं, श्रावण १– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिले नयाँ मोड लिएकाले अहिले देखिएका समस्यालाई राजनीतिक रुपबाटै समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौंको रत्नपार्कमा जारी संघीय गठबन्धनको रिलेअनसनमा पुगेर अध्यक्ष प्रचण्डले माओवादी र कांग्रेसबिचको सहमतिले आन्दोलनरत पक्षका मागहरु पूरा हुने विश्वास व्यक्त गर्नुभयो । अनसनमा बसेकासँग हातमिलाएपछि झण्डै १० मिनेट कार्यक्रम स्थलमा बिताउनु भएका प्रचण्डल सुरुमा आफू र आफ्नो पार्टीले उठाएका मागलाई संघीय गठबन्धनले उठाएर आन्दोलन गरेको भन्दै आन्दोलन आफ्ना लागि नौलो नभएको बताउनुभयो ।
‘यहाँ आउँदा मलाई घरबाट माइत आएजस्तो भएको छ, प्रचण्डले भन्नुभयो, ‘आफ्नै घर फर्किए जस्तो भएको छ ।’ नेपाली कांग्रेस र माओवादीबिच भएको सहमतिको एक नम्बर बुँदामै आन्दोलनरत मधेसी, आदीवासी जनजाति थारु लगायतका मुद्दालाई राजनीतिक सहमतिमा आधारमा संविधान संशोधन गरी पूरा गर्ने सहमति भएको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समस्याको समाधान राजनीतिक रुपमै हुनुपर्नेमा जोड दिनुभयो ।
कडा सुरक्षाका साथ प्रचण्ड अनसन स्थल पुग्दा केही सहभागीले फकाउन आए भन्दै चिच्याएको प्रति लक्षित गर्दै प्रचण्डले आफूप्रति केही नकारात्मक धारणा पलाएको भन्दै अब ति सबै समस्या आपसी वार्ता र संवाद मार्फत समाधान गर्ने बताउनुभयो । ‘तपाई र हाम्रा मुद्दा नौला होइनन्, केही घुम्तीमा अलमलिएका मात्रै हौँ’ प्रचण्डले भन्नुभयो, ‘अब मुलबाटोमा भेटिन लागेका छाै ।’
भिडियो हेर्नुहोस्
{youtube}https://youtu.be/V7AeOlSB_w0{/youtube}