बिपरित दिशाका गाडी चालकले एैनामा देखेपछि दुर्घटना रोकिने बिश्वास
देब पचभैया
पाल्पा, असार २८ – पाल्पा बुटवल सडक खण्डका २६ स्थानका घुम्तीमा कन्भेक्स मिरर राखिएको छ । बिपरित दिशाबाट आएका गाडीहरु एक आपसमा देखिने गरी एैना राखेपछि सडक दुर्घटना र ध्वनि प्रदुषण कम हुने बिश्वास गरिएको छ । दक्षिण कोरिया पुगेका नेपालीहरुको आर्थिक सहयोगमा एैना राखिएको हो ।
{youtube}https://youtu.be/DOZ9soRlY-g{/youtube}
पाल्पा बुटवल सडक खण्डका २६ स्थानमा एैना राखिएको र तानसेन बजार क्षेत्र अनि गुल्मी तम्घार रोडका ५ स्थानमा उपयुतm स्थान छनोट पछि राखिने तयारी भएको नमस्ते पाल्पा परिवार दक्षिण कोरियाका सस्थापक अध्यक्ष चेतन सारु मगरले जानकारी दिनुभयो । झण्डै १५ लाखको खर्चमा दक्षिण कोरिया बाटै ल्याईएका एैनाहरु सडकका घुम्तीमा राखिएका हुन् । नमस्ते पाल्पा परिवारका अनुसार प्रति एैनालाई २५ देखि ३० हजार सम्म परेको छ । जिल्ला प्रशासन, सडक डिभिजन र प्रहरीको सहमति पछि एैना राखिएको हो । बिदेशमा रहदा दैनिक दुर्घटनाका खबर सुन्नु पथ्र्यो, सस्थापक अध्यक्ष चेतन सारुले भन्नुभयो उहा किन गाडीको हर्न बज्दैन, किन दुर्घटना कम हुन्छ भनेर बुझदा एउटा कारण ठाउ ठाउमा एैना राखेकाले पनि भन्ने बुझ्यौ अनि नेपालमा पनि एैना राख्ने निर्णयमा पुग्यौ ।
पाल्पा बुटवल सडक खण्डमा हुने दुर्घटनाका कारण मध्ये साघुरा घुम्ती पनि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रबिण आचार्यको भनाई छ । बढी स्पीडका गाडीहरु घुम्तीमा ठोक्किने समस्या एैनाले कम गर्ने उहाको बिश्वास छ ।
सडक डिभिजन कार्यालय पाल्पाका ईन्जिनियर छबि पौडेलका अनुसार सडकका धेरै स्थानका घुम्तीमा एैना राखिएको यो नेपालमै पहिलो हो । यसको प्रभाब हेर्न केही बर्ष कुर्नुपर्छ, उहा भन्नुहुन्छ सवारी चालकलाई यसको महत्व र आवश्यकताको बारेमा जानकारी दिनुपर्छ, नत्र घुम्तीमा चालकले एैना हेर्दा झन दुर्घटना बढाउन सक्छ । २८ बर्ष देखि बुटवल तानसेनमा वस चलाउदै आउनुभएका ५६ बर्षिय मन बहादुर बयम्बुले घुम्तीमा दुबै तिरका चालकले देख्ने गरी राखिएको एैनाले आफुहरुलाई निकै सजिलो भएको बताउनुभयो ।
टाढैबाट आएको गाडी एैनामा देखिएपछि सजिलो भएको छ, उहा भन्नुहुन्छ “हर्न बजाउदै बल गरेर स्टेरिङ्ग घुमाउनु पर्नेमा ढुक्क संग गाडी चलाउन पाएका छौ ।” नमुना जिल्ला बनाउने प्रयास स्वरुप आफुहरुले पाल्पाका सडकमा कन्भेक्स मिरर राखेको भन्दै नमस्ते पाल्पा परिवार दक्षिण कोरियाका अध्यक्ष सुशिल गाहाले यसमा सफलता पाए पहाडी जिल्ला गुल्मी, स्याङ्जा र अर्घाखाचीमा पनि यसको बिस्तार गर्ने जानकारी दिनुभयो ।
दक्षिण कोरियामा रहेका बिभिन्न जिल्लाका साथीहरु संग यस बारेमा छलफल भैरहेको भन्दै अध्यक्ष गाहाले एैनाको संरक्षणमा स्थानिय नागरिकको चासो हुनुपर्नेमा जोड दिनुभयो । सडक दुर्घटना रोकिनु भनेको ब्यवशायीको लगानी पनि सुरक्षित हुनु हो, गाहा भन्नुहुन्छ सार्बजनिक स्थानमा राखिएका एैनाको संरक्षण राज्यले मात्रै हैन, जनताले पनि गर्नुपर्छ । चार बर्ष अघिको योजना पुरा गर्न आफुहरुलाई निकै अप्ठ्यारो भएको नमस्ते पाल्पा परिवारका सदस्यहरुले गुनासो गरेका छन् । नेपालको कानुनले हो वा केहो जानकारी भएन समाजका सस्थापक अध्यक्ष सारुको गुनासोछ, प्रशासन, प्रहरी र सडक बिभाग धाउदा ४ बर्ष कुर्नु पर्र्यो ।
छिमेकी भारत र चिनका बजारमा समेत कन्भेक्स मिरर नपाएपछि कोरिया बाटै ल्याउनु परेको भन्दै सारुले चर्को भन्सार तिरेर दुई बर्ष अघि नेपाल ल्याएको एैना ढिलै भएपनि सडकमा जोड्न पाएकोमा निकै हर्षित भएको जनाउनुभयो ।
दक्षिण कोरियामा हुने नेपालको दशै तिहार जस्तै ठुला चाड छुसक र सन्नाल पर्बको बिदामा संचालन गरेको चिठ्ठा उपहार कार्यक्रम बाट संकलित झण्डै पाच लाख र बाकी नेपालीहरुको सहयोगमा पाल्पाका घुम्ती सडकमा कन्भेक्स मिरर राखिएको अध्यक्ष गाहाले जानकारी दिनुभयो ।