राज्यसत्ता,
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अञ्चल कार्य समिति, गण्डककीको चौथो अधिवेशनको तयारी पूरा भएको छ ।
असार ३० गते पोखरामा हुने अधिवेशनेको तयारी पूरा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अधिवेशनको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिने अञ्चल कार्य समिति गण्डकीका अध्यक्ष जीवन दाहालले जानकारी दिए ।
चौथो अधिवेशनमा स्वर्गीय तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कारबाट राज्यसत्ता डट्कमका संवाददाता मनोज घर्तीमगरलाई सम्मान गरिने भएको छ । स्वर्गीय नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कारबाट गोर्खाका रामचन्द्र अर्याललाई सम्मान गरिनेछ ।
मगर र अर्याललाई नगद ५ हजार ५ सय ५५ सहित सम्मान गरिने दाहालले जानकारी दिए । अधिवेशनमा अग्रज स्रष्टा सम्मानबाट दुर्गा रायमाझी, कल्याणकारी कोषबाट नवप्रतिभा प्रोत्साहन पुरस्कार, कार्यसमितिका उत्कृष्ट महिला र पुरुष कलाकारलाई सम्मान गरिनेछ ।
गण्डकीका ६ जिल्ला मध्ये ५ वटामा गठन भएको कार्यसमिति मध्ये उत्कृष्ट जिल्लालाई पनि सम्मान गरिने दाहालले जनाए । ‘उत्कृष्टको आधारमा सम्मान गर्ने गर्दैछौँ,’ उनले भने, ‘कार्यसमिति सल्लाहकारलाई पनि सम्मान गरिनेछ ।’
अधिवेशनको लागि अञ्चलकार्य समिति र पाँचवटै जिल्ला कार्यसमिति गरी २ सय ७७ प्रतिनिधि सहभागी रहने जनाइएको छ । अघिल्लो कार्यसमितमा संकलित २ लाख ६२ हजार १ सय ६२ कलाकरको कल्याणकारी कोषलाई ४ लाख पुर्याएको अध्यक्ष दाहालले जानकारी दिए ।
अधिवेशनमा झाँकी र्याली सहित प्रभातफेरी कार्यक्रम चिप्लेढुंगाबाट सुरु गरी न्युरोड, सभागृहचोक हुँदै सिर्जनाचोकको साइमन पार्टी प्यालेसमा कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
साभार: समाधान न्यूज