मगरात सम्बन्धि गोष्ठी सम्पन्न !

Read Time:2 Minute, 18 Second

ज्ञानेन्द्र पुनमगर 

काठमाडौँ , असार २९ – नया संबिधानमा मगरहरुको सवाल, अधिकार सम्पन्न एकीकृत मगरात प्राप्ति र मगर समुदायको आर्थिक समृद्धि र सामाजिक रुपन्नातरणको सवालमा केन्द्रिय रहेर नेपाल मगर संघ केन्द्रिय समितिले आयोजना गरेको एक दिवसीय मगरात गोष्ठी २०७३ असार २८ गते जावलाखेलमा सम्पन्न भएको छ । 

  नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नबिन रोकामगरको अध्यक्षता, संघको बरिस्ठ उपाध्यक्ष गुरुप्रसाद घर्तीमगरको स्वागत र संघको महासचिव ज्ञानेन्द्र पुनमगरको संचालनमा चलेको कार्यक्रममा प्रा. डा कृष्ण हाथेछु, समाजसास्त्री झकेन्द्र घर्तिमगर, अधिवक्ता तेजेन्द्र थापामगर ले विभिन्न बिषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । 

कार्यक्रममा विभिन्न राजनैतिक पार्टी निकट मगर नेताहरु (सुदर्शन बराल, भोजबिक्रम बुढामगर, रासबहादुर बुढामगर, पुर्नालाल घर्तिमगर, टेकम बाठामगर, राम मगर) सामाजिक आन्दोलनका मगर नेताहरु (क्या याम बहादुर बुढाथोकीमगर, बसन्त घर्तिमगर, क्या देउ बहादुर रानामगर लगायत) ले आ-आफ्नो भनाइ हरु राख्नु भएको थियो ।

  पाहुनाहरूको स्वागत कोषाध्यक्ष कमला थापामगरले र सहभागी बाट उठेको बिचारहरुको टिपोर्ट उपाध्यक्ष गङ्गा खासुमगर, उपाध्यक्ष कमल पिथकोटे र संगठन सचिव जगत रेशमीमगरले गर्नुभएको थियो ।  कार्यक्रममा मगर संघको केन्द्रिय तथा काठमाडौँ ललितपुर भक्तपुरको पदाधिकारी सदस्यहरु, महिला, बिद्यार्थी, सास्कृतिक कर्मी, भूपू सैनिक प्रहरी, सम्पर्क समन्वय संग देखि सहभागिता रहेको थियो। 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %