नेपाल मगर संघको प्रशिक्षक–प्रशिक्षण कार्यक्रम सम्पन्न !

Read Time:2 Minute, 48 Second

ज्ञानेन्द्र पुनमगर

काठमाण्डौ,असार २७ – नेपाल मगर संघ केन्द्रीय समितिले आन्तरिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज मिति २०७३ असार २७ गते केन्द्रीय कार्यालय कलंकीमा सम्पन्न भएको छ ।

“जातिय पहिचान र अधिकार सहितको संघियता हाम्रो अडान एकिकृत मगरात स्वायत्त प्रदेशको लागि साझा अभियान” भन्ने मूल नारा सहित आयोजना गरिएको जारी संविधानमा एकिकृत मगरात सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम २०७३ मा नेपाल मगर संघ केन्द्रीय समितिको वर्तमान पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षण दिइएको थियो ।

 

 

 

मगर संघको सस्थापक महासचिव सुरेश आलेमगरले आत्मनिर्णयको अधिकार र अग्राधिकार सवालमा, मगर संघको निवर्तमान बरिष्ठ उपाध्यक्ष बसन्त घर्तीमगरले पहिचान सहितको संघियता र मगरात स्वायत्तताको सवालमा, मगर विद्यार्थी संघका पूर्व अध्यक्ष भोज विक्रम बुढामगरले वर्तमान संघियतामा मगरहरुको उपश्थिति बारेमा, मगर संघको निवर्तमान केन्द्रीय सदस्य तथा अधिवक्ता तेजेन्द्र थापामगरले जारी संविधान र आदिवासी जनजाति सवालमा र मगर संघको महासचिव ज्ञानेन्द्र पुनमगरले मगर संघको सांगठनिक पद्दती सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रम मगर संघको अध्यक्ष नवीन रोकामगरको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष गुरु प्रसाद घर्तीमगरको स्वागत र संगठन सचिव जगत रेश्मीमगरको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाल मगर संघको वर्तमान पदाधिकारी, सदस्यहरु र भातृसंस्थाहरुको अध्यक्ष प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

 

 

भोली २०७३ असार २८ गते मंगलबारका दिन नेपाल मगर संघ केन्द्रिय समितिले अधिकार सम्पन्न एकीकृत मगरात र मगर समुदायको समृद्धि बिषयक “मगरात गोष्ठी कार्यक्रम” स्थानीय बिकास प्रशिक्षण प्रतिस्ठान (LDTA),  जावलाखेल ललितपुरमा बिहान ठिक ११:३० बजे मगर बिज्ञहरू बाट गराउने भएकत्र छ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %