भीम बराही मगर, १० जुलार्इ, हंगकंग, नेपाल पत्रकार संघ हंगकंगको दोस्रो अधिबेशन नयाँ पेज डट कमको कार्यालय हल जोर्डनमा सम्पन्न भएको छ ।
संघका सल्लाकार तथा आर टी एच के रेडियोद्वारा प्रशारीत साप्ताहिक सन्देश कार्यक्रमका संयोजक चुरा थापाले प्रमुख अतिथ्य ग्रहण गर्दै सम्बोधन गरेका थिए । थापाले हंगकंगमा पत्रकारहरूले समाजको लागि राम्रो भुमिका खेलिरहेको र अबका दिनमा चाइनिज पत्रकार र यहाँको पत्रकार संघसँग पनि समन्वय गरेर अगाडि बढ्नु पर्ने बेला भएको बताए । अध्यक्ष किसन रार्इको अध्यक्षतामा सम्पन्न कार्यक्रमलार्इ देवराजा रार्इको सञ्चालनमा सचिब निर्मल श्रेष्ठले स्वागत मन्तब्य दिएका थिए ।
निर्बाचन मण्डलको संयोजकमा चुरा थापा र सदस्यमा निर्मल श्रेष्ठ र प्रमोद रार्इ थिए । किसन रार्इको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन भएको छ ।
अध्यक्ष: किसन रार्इ
उपाध्यक्ष: पसन तमु
सचिब: देवराज रार्इ
सहसचिव: कृष्ण लावती
कोषाध्यक्ष: तुलसी राना मगर
तथा सदस्यहरू
भीम थापा मगर
बिक्रम गुरूङ
कृष्ण गुरूङ
इन्द्र लकसम
अम्बु गुरूङ
मातृदिप रार्इ